बुद्धिजीवि संगठन रत्ननगरको अध्यक्षमा खनाल

रत्ननगर, ७ साउन ।

बुद्धिजीवि संगठन रत्ननगरको अध्यक्षमा गोविन्द खनाल चयन भएका छन। शनिवार रत्ननगरमा सम्पन्न नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवीहरुको भेलाले नेपाल बुद्धिजीवी संगठन रत्ननगर नगर कमिटीले खनाल अध्यक्ष रहेको २९ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा टीकाप्रसाद ढकाल, भूवनसिंह थापा, गोकर्ण ढकाल, सचिवमा कृष्णप्रसाद पराजुली, सहसचिवमा डिल्लीराम पोखरेल, देबेन्द्र विक,टंक खनाल र कोषाध्यक्षमा राधिका तिमिल्सिना चयन भएका छन् ।
पार्टीका प्रदेश सचिवालय सदस्य तथा नगर इन्चार्ज राजु अम्गाईूसुबोधू प्रमुख अतिथि रहेको सो कार्यक्रममा बुद्धिजिवी संगठनका जिल्ला संयोजक प्रा.डा.आइपी ढकाल, पार्टीका नगर अध्यक्ष श्याम बराल, बुद्धिजिवीका केन्द्रीय सदस्य विनोद तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library