बुद्धिजीवि संगठन रत्ननगरको अध्यक्षमा खनाल

रत्ननगर, ७ साउन । बुद्धिजीवि संगठन रत्ननगरको अध्यक्षमा गोविन्द खनाल चयन भएका छन। शनिवार रत्ननगरमा सम्पन्न नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवीहरुको भेलाले नेपाल बुद्धिजीवी संगठन रत्ननगर नगर कमिटीले खनाल अध्यक्ष रहेको २९ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा टीकाप्रसाद ढकाल, भूवनसिंह थापा, गोकर्ण ढकाल, सचिवमा कृष्णप्रसाद पराजुली, सहसचिवमा डिल्लीराम पोखरेल, देबेन्द्र विक,टंक खनाल […]

वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको छ: अध्यक्ष प्रचण्ड

जनकपुरधाम, ७ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको बताएका छन्। पार्टीको कार्यक्रमका लागि सर्लाही जाने क्रममा आज जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले गठबन्धनभित्र रहेको सबै वामपन्थी पृष्ठभूमि भएका समूहसँग छलफल चलिरहेको र छिट्टै सकारात्मक परिणाम आउने बताए। “जनता समाजवादी पार्टीबाट डा […]

निकुञ्जका कारण माडीमा परेको समस्या समाधान हुन्छ: मन्त्री यादव

चितवन,७ साउन। वन तथा वातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षणपश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि बढाइने बताएका हुन् । निरीक्षणका क्रममा मन्त्री यादवले तत्काल काम अघि बढाउनका लागि आवश्यक प्रक्रिया थाल्न […]

१४ बुँदे घोषणापत्र जारी गदैँ धामी–झाँक्री सम्मेलन सम्पन्न

गोदावरी, ७ साउन । कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि तीन दिनदेखि सञ्चालित धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछूत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ । […]

कांग्रेसभित्रका अन्तर्घातीलाई दण्डित गर्नुपर्छ: वरिष्ठ नेता पौडेल

दमौली, ७ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्गठनका कारणभन्दा पनि अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन्् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेको उल्लेख गरे । “पार्टीभित्र अन्तर्घातको सुरुआत धेरै अगाडिबाट भयो, आफैँभित्रको अन्तर्घातले खुम्चिन […]

प्रेस युनियन चितवन देशकै उत्कृष्ट शाखा

हेटौंडा, ६ साउन । नेपाल प्रेस युनियन चितवतन शाखा मुलुककै उत्कृष्ट भएको छ । युनियनको हेटौंडामा आयोजित नवौं राष्ट्रिय महाधिवेशनमा चितवन शाखालाई उत्कृष्ट घोषणा गर्दै पूर्वअध्यक्ष नारायण अधिकारी र वर्तमान अध्यक्ष अनिल ढकाललाई सम्मान गरिएको हो । युनियनको आफ्नै नाममा जग्गा प्राप्त गरी कार्यालय भवन निर्माण गरेको भन्दै सम्मान गरिएको छ । अधिकारी नेतृत्वको चितवन […]

पश्चिम चितवन पत्रकार मञ्चले रक्तदान कार्यक्रम गर्ने

भरतपुर, ७ साउन । चितवनमा भएको रगत अभावलाई ध्यानमा राखी पश्चिम चितवन पत्रकार मञ्चले रक्तदान कार्यक्रम गर्ने भएको छ । शनिवार सम्पन्न मञ्चको सचिवालय बैठकले साउन २८ गते रामपुर बजारमा रक्तदान कार्यक्रम गर्ने तयारी गरेको हो । मञ्चका अध्यक्ष अपिल घिमिरेका अनुसार मेडिकल सिटि भन्ने गरिएको चितवनमा बर्षा र गर्मीका कारण रक्तदान क्याम्प आयोजना हुन […]

एसवन ग्रुपको मोबाइल एप्लिकेसन सार्वजनिक

भरतपुर, ७ साउन । घर तथा भवन निर्माण सम्बन्धि संस्था एसवन ग्रुपले चौथो वार्षिकोत्सवको अवसरमा एसवन होम्स नामक मोबाईल एप्लिकेसन सार्वजनिक गरेको छ । व्यक्तिगत तथा संस्थागत भवन निर्माण गर्दै आइरहेको भरतपुर-११, चितवनस्थित एसवन ग्रुपको दुई भातृ संस्था एसवन होम्स र एसवन बिल्डर्स संचालनमा छ । नेपाल सँगसँगै अमेरिकामा समेत एसवन ग्रुपले काम गर्दै आइरहेको […]

यस्ता छन् पारित भएको नागरिकता विधेयकका मूख्य विशेषता

काठमाडौं, ७ साउन । प्रतिनिधिसभाबाट ’नेपाल नागरिकता(पहिलो संशोधन) विधेयक २०७९’ पारित भएसँगै नागरिकता पाउने प्रावधानमा हेरफेर भएको छ । नयाँ विधेयकमा नेपाल नागरिकता ऐन २०६३ कै केही प्रावधानमा संशोधन गरिएपछि नेपाली नागरिकसँग विदेशी महिलाले विवाह गरेमा नागरिकता पाउने पुरानै व्यवस्थालाई यथावत् राखिएको छ । यो सँगै केही प्रावधानहरू फेरिएका छन्। फेरिएका केही मूख्य विशेषता निम्न […]

मौद्रिक नीति र यसका मुख्य बुँदा

काठमाडौं, ७ साउन । राष्ट्र बैंकले २०७९/८० का लागि मौद्रिक नीति सार्वजनिक गरेको मौद्रिक नीतिले उत्पादनमूलक र व्यापारिक क्षेत्रका लागि फरकफरक ब्याजदर कायम हुने व्यवस्था गरेको छ । सेयर धितो राखेर एक बैंकबाट लिन पाउने यस अघिको ब्यबस्था परिवर्तन गर्दै कर्जामा ४ करोडको सीमा हटाइएको छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड […]