प्रेस युनियन चितवन देशकै उत्कृष्ट शाखा

हेटौंडा, ६ साउन ।
नेपाल प्रेस युनियन चितवतन शाखा मुलुककै उत्कृष्ट भएको छ । युनियनको हेटौंडामा आयोजित नवौं राष्ट्रिय महाधिवेशनमा चितवन शाखालाई उत्कृष्ट घोषणा गर्दै पूर्वअध्यक्ष नारायण अधिकारी र वर्तमान अध्यक्ष अनिल ढकाललाई सम्मान गरिएको हो ।

युनियनको आफ्नै नाममा जग्गा प्राप्त गरी कार्यालय भवन निर्माण गरेको भन्दै सम्मान गरिएको छ । अधिकारी नेतृत्वको चितवन शाखाले जग्गा प्राप्त गरी भवन निर्माण गरेको थियो । नेपाल पत्रकार महासंघ बाहेक पत्रकार सम्बद्ध संघ संगठनको युनियनको चितवन शाखा भवन पहिलो र एकमात्रै भएको अधिकारीले बताए । भरतपुर महानगरपालिका वडा नम्बर ११, गोर्खाली टोलमा समाजसेवी श्री मैयादेवी श्रेष्ठले उपलब्ध गराएको जग्गामा युनियनले एक सय जना क्षमताको सभाकक्ष सहित कार्यालय भवन निर्माण गरेको छ ।

महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट