भरतपुर, ७ साउन ।
घर तथा भवन निर्माण सम्बन्धि संस्था एसवन ग्रुपले चौथो वार्षिकोत्सवको अवसरमा एसवन होम्स नामक मोबाईल एप्लिकेसन सार्वजनिक गरेको छ ।
व्यक्तिगत तथा संस्थागत भवन निर्माण गर्दै आइरहेको भरतपुर-११, चितवनस्थित एसवन ग्रुपको दुई भातृ संस्था एसवन होम्स र एसवन बिल्डर्स संचालनमा छ । नेपाल सँगसँगै अमेरिकामा समेत एसवन ग्रुपले काम गर्दै आइरहेको छ ।
सो समारोहमा एसवन ग्रुप नेपालका अध्यक्ष सुरज न्यौपाने, अमेरिकाका अध्यक्ष कूलमणि आचार्य, वरिष्ठ अधिवक्ता तथा चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोख्रेल, भरतपुर १० का वडाअध्यक्ष परमेश्वर खनाल, उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेन्द्र ओलीलगायतले घरजग्गा भवन निर्माण सम्बन्धि विषयमा धारणा राखेका थिए ।




