आँबुखैरेनी वाङ्गमय परिषद् गठन, अनिल श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी

आँबुखैरेनी, ६ साउन ।
आँबुखैरेनीको भाषा, साहित्य, कला, संस्कृति र गीतसङ्गीतको विकास र सम्बर्द्धनका लागि आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ को गठन गरेको छ ।
आँबुखैरेनी गाउँपालिकाको सभाकक्षमा शुक्रबार आायोजित एक भेलामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले मन्तव्य राख्दै आँबुखैरेनी गाउँपालिकाको ११ औं गाउँपरिषदबाट ‘आँबुखैरेनी वाङ्मय परिषद ऐन–२०७९’ स्वीकृत र पारित गरी २०७९/०४/०३ बसेको आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार वाङ्मय परिषद गठन गरिएको र आँबुखैरेनीको भाषा, साहित्य, कला र गीतसङ्गीतको विकास र सम्बर्द्धनमा यस परिषदको भूमिका उल्लेखनीय रहने´ बताए ।

अनिल श्रेष्ठ अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमितिमा क्रमशः उपाध्यक्ष सानुकाजी थापा, सचिव युवराज बगाले, सहसचिव कमल सापकोटा, कोषाध्यक्ष राजेन्द्र गुरुङ र सदस्यहरु रजनी चुमान, श्रीराम भट्टराई, कहरसिं थापा, कमला पन्त, निर्मला कुँवर र दिलमाया भुजेल मनोनित रहेका छन् ।

मनोनित पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिँदै आँबुखैरेनी वाङ्मय परिषदको प्रमुख संरक्षक गाउँपालिका प्रमुख शुक्र चुमानले ‘आँबुखैरेनीको आर्थिक समृद्धिमा कृषिसँगै पर्यटनलाई जोड्नुपर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा कलासाहित्यको भूमिका महत्वपूर्ण रहने बताउँदै श्रमिकहरुको श्रमलाई साहित्यले स्थापित गर्नुपर्ने कुरामा लेखक साहित्यकारहरुले जोड दिनुपर्ने´ बताए । पालिका प्रमुख चुमानले साहित्य, कला र सङ्गीतको विकास र शोधअनुसन्धानमुलक कार्यका लागि आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’को लागि आ. ब. २०७९/०८० बजेटबाट रु १५,००००।–(पन्ध्र लाख रुपैयाँ) विनियोजन गरेको’ पनि बताए ।

परिषदको पहिलो बैठकले आँबुखैरेनीको पर्यटकीय स्थलको रुपमा रहेको आँदीमुलमा यही २०७९ साल भदौ २५ गते ‘आँदीमुल शरदकालीन काव्योत्सव’ को आयोजना गर्ने निर्णय गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट