आँबुखैरेनी वाङ्गमय परिषद् गठन, अनिल श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी

आँबुखैरेनी, ६ साउन । आँबुखैरेनीको भाषा, साहित्य, कला, संस्कृति र गीतसङ्गीतको विकास र सम्बर्द्धनका लागि आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ को गठन गरेको छ । आँबुखैरेनी गाउँपालिकाको सभाकक्षमा शुक्रबार आायोजित एक भेलामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले मन्तव्य राख्दै आँबुखैरेनी गाउँपालिकाको ११ औं गाउँपरिषदबाट ‘आँबुखैरेनी वाङ्मय परिषद ऐन–२०७९’ स्वीकृत र पारित गरी २०७९/०४/०३ बसेको […]

विदेशमा गम्भीर बिरामी भएका नेपालीको उद्धार गर्न कार्यदल गठन

काठमाडौँ, ६ साउन । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेका अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन गरिएको छ । विदेशी अस्पतालमा ‘कोमा’ तथा गम्भीर अवस्थामा रहेका नेपाली श्रमिकको स्थिति बुझ्न, उनीहरुको उद्धारमा सहजीकरण गर्ने उद्देश्यले मन्त्रीस्तरीय निर्णयबाट तीन सदस्यीय कार्यदल गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ […]

कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुराको जानकारी दिए । केन्द्रीय बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरिएको हो । कोरोनाकालमा दिइएको पुनरकर्जाको सुविधालाई केन्द्रीय बैंकले हटाएको […]

मौद्रिक नीति २०७९: उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य

काठमाडौँ, ६ साउन । मूल्य नियन्त्रण गर्दै बाह्य क्षेत्र स्थायित्व कायम राख्ने लक्ष्यका साथ चालु आवको मौद्रिक नीति सार्वजनिक गरिएको छ । समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व वृद्धि गर्नेतर्फ मौद्रिक नीति केन्द्रित भएको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक गर्नुभएको उक्त नीतिले सरकारले […]

चितवनमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमित थपिए

भरतपुर,६ साउन । चितवनमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार दिएको जानकारीअनुसार ६४ जनाको पिसीआर र ५ जनाको एन्टिजेन परिक्षाणबाट १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या २६ जना संक्रिय संक्रमित पुगेका छन् । ती संक्रमितमध्ये २४ जना होम आइसोलेसनमा छन् […]

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा थापा नियुक्त

काठमाडौँ, ६ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपाललमै आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि एन्फाले आज थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । प्रशिक्षक थापाले यसअघि पनि महिला टोलीलाई प्रशिक्षण गराइसकेका थिए । […]

थप ४५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, ६ साउन । देशभर पछिल्लो २४ घण्टामा ४५६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ८३८ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार १६८ जनाले पिसिआर र एक हजार ६७० जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ८० जना कोरोना भाइरसबाट […]

साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ, ६ साउन । भारतको भुवनेश्वरमा आयोजना हुने यु–२० पुरुष साफ च्याम्पियनसिपमा सहभागिता जनाउन जाने नेपाली फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । यही साउन ९ देखि २० गतेसम्म आयोजना हुने उक्त च्याम्पियनसिपमा सहभागी हने नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङलगायत […]

अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री देउवा

मकवानपुर, ६ साउन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै उनले संविधानमा उल्लेखित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सरकार दृढ रहेको बताए। उनले भने, “आगामी […]

बढ्यो सुनको मूल्य

काठमाडौँ, ६ साउन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएका थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन […]

मैयादेवीको सम्झनामा वीपी र पुष्पलाल

यो हप्ता नेपाली राजनीतिका दुई महान् व्यक्तित्व वीपी कोइरला र पुष्पलाल श्रेष्ठको स्मृति दिवस परेको छ । साउन ६ मा वीपी र साउन ७ गते पुष्पलालको स्मृति दिवस हो । कोइराल प्रजातान्त्रिक शक्ति नेपाली काँग्रेसको संस्थापक हुन् । उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री पनि बने । त्यसै गरी पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव […]

विप्लव समूहको महाधिवेशन असोज १ गते खुलामञ्चमा

काठमाडौं, ६ साउन । नेकपा नेत्रविक्रम चन्द‘विप्लव’ समूहको ९ औं महाधिवेशन असोज १ गते काठमाडौंको खुलामञ्चमा हुने भएको छ । एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ गरौं भन्ने मुल नाराका साथ महाधिवेशन गर्न लागिएको हो । पार्टीबाट धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओली बाहिरिएपछि पहिलोपटक विप्लव समूहले महाधिवेशन […]

मुग्लिङमा भएको दुर्घटनामा एक जनाको मृत्यु

मुग्लिङ, ६ साउन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु२ख ३५०२ नम्बरको माइक्रो विङ्गर एकापसमा ठक्कर खाँदा घाइते भएका विङ्गरमा सवार नाम, […]