भरतपुर,६ साउन ।
चितवनमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार दिएको जानकारीअनुसार ६४ जनाको पिसीआर र ५ जनाको एन्टिजेन परिक्षाणबाट १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या २६ जना संक्रिय संक्रमित पुगेका छन् । ती संक्रमितमध्ये २४ जना होम आइसोलेसनमा छन् भने २ जना संस्थागत आइसोलेसनमा उपचचारत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।





