सामुदायिक विद्यालयको सरह तलब माग

भरतपुर, ५ साउन
चितवनका निजी विद्यालयका शिक्षकहरुले सामुदायिक विद्यालयको सरह तलब माग गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) चितवनले साउन १ गतेदेखि लागू हुने गरी वृद्धि भएको तलब, चाडपर्व खर्च तथा महङ्गी भत्ता उपलब्ध गराउन माग गरेको हो ।

युनियनले आफ्नो मागसहित बिहीबार जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई चितवन प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा साउन १ गतेदेखि सामुदायिक विद्यालय सरह लागू हुने गरी संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलाई वृद्धि भएको तलब–भत्ता उपलब्ध गराउने कार्यमा सहयोग गर्न आग्रह गरिएको छ । वार्षिक बिदा, सुत्केरी बिदा, नियुक्तिपत्र, सामाजिक सुरक्षा कोषलगायतका अधिकार सुनिश्चित गर्न पनि इष्टु चितवनले ध्यानाकर्षण गराएको छ ।

नीतिगत रुपमा निजी विद्यालयका शिक्षक कर्मचारीहरुको तलब तथा सेवासुविधा सामुदायिक विद्यालयको सरह हुने व्यवस्था भए पनि प्याब्सन चितवन अन्तर्गतका विद्यालयले श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ उल्लंघन गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । निजी विद्यालयहरुले सामुदायिक सरह तलब भत्ता तथा सेवा सुविधा उपलब्ध नगराएको भन्दै शिक्षक तलब वृद्धिभन्दा शुल्क वृद्धि प्रतिशत बढी भए आपत्तिपूर्ण हुने इष्टु चितवनले जनाएको छ ।

कोरोना महामारीको समयमा शिक्षक कर्मचारीलाई तलब उपलब्ध गराउने बहानामा १० महिनाको शुल्क उठाउने अनुमति लिएर अधिकांश विद्यालयहरुले पूरा तलब र चाडपर्व खर्चलगायतका भत्ता नदिएको पनि पत्रमा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट