सामुदायिक विद्यालयको सरह तलब माग

भरतपुर, ५ साउन चितवनका निजी विद्यालयका शिक्षकहरुले सामुदायिक विद्यालयको सरह तलब माग गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) चितवनले साउन १ गतेदेखि लागू हुने गरी वृद्धि भएको तलब, चाडपर्व खर्च तथा महङ्गी भत्ता उपलब्ध गराउन माग गरेको हो । युनियनले आफ्नो मागसहित बिहीबार जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई चितवन प्रमुखलाई ध्यानाकर्षण पत्र […]

वन्यजन्तुको गतिविधि बढ्दा स्थानीय त्रसित

राप्ती, ५ साउन राप्ती र खैरहनी नगरपालिकाभित्रका मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको गतिविधि बढ्दै जाँदा स्थानीय त्रसित बनेका छन् । चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार यो आर्थिक वर्षभित्र वन्यजतुको आक्रमणबाट राप्तीका २ जनाले ज्यान गुमाएका छन् । वन्यजन्तुको आक्रमणबाट तीन जना घाइते भएका छन् । खैरहनी नगरपालिकामा वन्यजन्तुको आक्रमणबाट तीन जनाको ज्यान गएको छ भने त्यत्ति नै […]

भेब्स ग्लोबलले ‘ इनरुट अष्ट्रेलिया’ हाईयर एजुकेशन एडमिसन डे सञ्चालन गर्ने

भरतपुर, ५ साउन । बिगत १२ वर्षदेखि काठमाडौंमा रहेर उच्च शिक्षाको लागि उचित परामर्श दिँदै आएको भेब्स् ग्लोबलले `इनरुट अष्ट्रेलिया’ नाम दिएर एडमिसन डे सञ्चालन गर्ने भएको छ । यही साउन १० गते मंगलबार भेब्स ग्लोबलले कार्यक्रम गर्ने भएको हो । कार्यक्रम भेब्स ग्लोबलको अफिस, लालचन प्लाजा, हात्तीसार, काठमाडौमा हुने भएको हो । कार्यक्रममा ११ […]

ठोरी आसपासमा अतिभारी वर्षा, मध्यान्हसम्म सतर्कता अपनाउन आग्रह

भरतपुर, ५ साउन । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ । भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । सतर्कता मध्यान्ह १२ बजेसम्म अपनाउन पर्ने महाशाखाले जनाएको छ । ‘पर्सा जिल्लाको ठोरी र […]

दुर्घटना मृत्युुदावी भुक्तानी बापत बोटेले पाइन् १० लाख रुपैयाँ

गैंडाकोट, ५ साउन । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स नारायणगढ शाखाले गैंडाकोटकी बबिता बोटेलाई दस लाख १६ हजार रुपैयाँ दुर्घटना मृत्युदावी भुक्तानी रकम उपलब्ध गराएको छ । केहि समयअघि नारायणी नदिमा डुबेर मृत्यु भएका बबिताका श्रीमान गणेश बोटेको पहिलो किस्तास्वरुप पैँतिस हजार मात्रै उपलब्ध गराइएको थियो । सो बीमा वापतको रकम परिवारले बुझेपछि मृतककी श्रीमती बबिताले […]

नागढुङ्गा–नाैबिसे सडक खण्ड एकतर्फी सञ्चालन

काठमाडौं, ५ साउन । काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा–नाैबिसे सडकखण्डमा बिहानैदेखि आलोपालोमा गाडी चलिरहेका छन् । यो सडक खण्ड अन्तर्गत पात्लेवनमा ठूलो ढुङ्गा खसेकाले सडक एकतर्फी मात्रै खुलेको छ । एकतर्फी मात्रै सडक खुलेकाले आलोपालो गरेर गाडी पास गराइएको प्रहरीले जनाएको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ गाडी चल्ने भएकाले सडकमा सामान्य असर पर्दा पनि […]

काठमाडौंको फोहोर व्यवस्थापन एक साताका लागि रोकियो

काठमाडौं, ५ साउन । आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । बाटो मर्मतको काम गर्नुपर्ने भएकोले उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने भएको हो । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम […]

प्रचण्ड–बाबुराम वार्ता आज पनि, पार्टी एकताबारे छलफल हुने

काठमाडौं, ५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज (बिहीबार) पनि छलफल हुने भएको छ । कम्युनिस्ट घटकबीच एकताका लागि प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग छलफल जारी राखिरहँदा भट्टराईसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। भेटमा दुई […]

संसदीय विशेष छानबिन समितिले जनार्दन शर्मासँग आज बयान लिँदै

काठमाडौं, ५ साउन । प्रतिनिधिसभाको विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग आज (बिहीबार) बयान लिँदै छ । बिहान ८ बने शर्मालाई बयानका लागि बोलाएको हो । समितिले बुधबार पूर्व अर्थ सचिव रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुङ्गानासँग छलफल गरेका थिए । यसअघि समितिले अर्थ सचिव र राजश्व सचिवसँग बयान लिइसकेको छ। दुवैले आरोप […]