प्रचण्ड–बाबुराम वार्ता आज पनि, पार्टी एकताबारे छलफल हुने

काठमाडौं, ५ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज (बिहीबार) पनि छलफल हुने भएको छ । कम्युनिस्ट घटकबीच एकताका लागि प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग छलफल जारी राखिरहँदा भट्टराईसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। भेटमा दुई नेताबीच पार्टी एकताकै विषयमा समेत छलफल हुनेछ ।

यसअघि प्रचण्ड र भट्टराईबीच मंगलबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा एक घण्टा छलफल भएको थियो । भेटमा प्रचण्डले भट्टराईलाई एकतामा आउन आग्रह गरेका थिए । तर, भट्टराईले माओवादी केन्द्रको नाम परिवर्तन गर्नुपर्ने शर्त राखेका विषय सार्वजनिक भएको थियो ।

यसअघि प्रचण्डले तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताहरूका बीचमा पार्टी एकताको विषयमा छलफल गरेका थिए । मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरू प्रचण्डले माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।

भेटवार्ताको क्रममा विचार मिल्नेहरूका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए । उनले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै सो एकता सत्तारुढ गठबन्धनको विरुद्धमा भने नभएको स्पष्ट पारे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट