नागढुङ्गा–नाैबिसे सडक खण्ड एकतर्फी सञ्चालन

काठमाडौं, ५ साउन ।
काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा–नाैबिसे सडकखण्डमा बिहानैदेखि आलोपालोमा गाडी चलिरहेका छन् । यो सडक खण्ड अन्तर्गत पात्लेवनमा ठूलो ढुङ्गा खसेकाले सडक एकतर्फी मात्रै खुलेको छ ।

एकतर्फी मात्रै सडक खुलेकाले आलोपालो गरेर गाडी पास गराइएको प्रहरीले जनाएको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ गाडी चल्ने भएकाले सडकमा सामान्य असर पर्दा पनि लामो जाम हुने गरेको छ । अहिले पनि यो सडकमा गाडीको लामो लाइन लागेको छ ।

यसैबीच, सडकमाथिबाट खसेको ढुङ्गाका कारण काठमाडौं र नुवाकोट चल्ने गाडी पनि रोकिएका छन् । नुवाकोटको तीनपिप्ले –पाँचमाने सडकखण्डमा ढुङ्गा खसेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट