दुर्घटना मृत्युुदावी भुक्तानी बापत बोटेले पाइन् १० लाख रुपैयाँ

गैंडाकोट, ५ साउन ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स नारायणगढ शाखाले गैंडाकोटकी बबिता बोटेलाई दस लाख १६ हजार रुपैयाँ दुर्घटना मृत्युदावी भुक्तानी रकम उपलब्ध गराएको छ ।

केहि समयअघि नारायणी नदिमा डुबेर मृत्यु भएका बबिताका श्रीमान गणेश बोटेको पहिलो किस्तास्वरुप पैँतिस हजार मात्रै उपलब्ध गराइएको थियो । सो बीमा वापतको रकम परिवारले बुझेपछि मृतककी श्रीमती बबिताले आफूहरुले बीमा बापतको रकम प्राप्त भएको बताएकी छन् । बबिताले यो रकमले छोराछोरीको लालनपालन र भविस्य निर्माणमा सहयोग पुग्ने बताइन् ।

श्रीमानको मृत्यु भएपछि अब के गर्ने होला ? भन्ने पीर आफूलाई लागेको बताउँदै श्रीमानले बेलैमा बीमा गरेका कारण सो रकमले आफूहरुलाई परिवारमा आर्थिक रुपमा केही सहयोग पुग्ने विश्वास व्यक्त गर्दै रिलायवल नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद दिएकी थिईन् ।

रकम हस्तान्तरण कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नारायणगढ शाखा प्रमुख रमेश आचार्य, गैंडाकोट शाखा प्रमुख नारायण पौडेल, चितवन रिजन हेड राजेन्द्र पौडेल, एजेन्सी म्यानेजर दुर्गा पौडेल, प्रकाश थापालगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट