भरतपुर,४ साउन।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर वडा नम्बर ४ को वडा कार्यालयको शिलान्यस गरेकी छिन् ।
बुधबार एक कार्यक्रमका बीच मेयर दाहालले भरतपुर ४ छाहारी बस पार्क नजिक रहेको स्थानमा निर्माण हुन लागेको भवनको शिलान्यस गरेकी हुन् ।
त्यस्तै मेयर दाहालले वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको राम मन्दिर आधारभूत स्वास्थ्य चौकीको पनि उद्घाटन गरिन् ।
वडा कार्यालय शिलान्यस तथा स्वास्थ्य चौकी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले वडा कार्यालय निर्माण भएसँगै छिटो छरितो सेवा प्रवाह हुने विश्वास व्यक्त गरिन् ।
मेयर दाहालले अब दुई तीन वटा बाहेक सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माण हुने बताइन् ।
नगरपालिका हुँदाका संरचनाबाट सेवा प्रवाहमा केही समस्या देखिएकाले नयाँ सुविधा सम्पन्न भवन निर्माण भएको र महानगरपालिकाको प्रशासनिक भवन पनि निर्माण कार्य केही समयमै हुने उल्लेख गरिन् ।




