वडा कार्यालयको भवन शिलान्यस

भरतपुर,४ साउन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर वडा नम्बर ४ को वडा कार्यालयको शिलान्यस गरेकी छिन् । बुधबार एक कार्यक्रमका बीच मेयर दाहालले भरतपुर ४ छाहारी बस पार्क नजिक रहेको स्थानमा निर्माण हुन लागेको भवनको शिलान्यस गरेकी हुन् । त्यस्तै मेयर दाहालले वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको राम मन्दिर आधारभूत स्वास्थ्य चौकीको […]

भरतपुर विमानस्थल अब पक्का विस्तार हुन्छ: मन्त्री श्रेष्ठ

चितवन,४ साउन । नेपाल सरकारका संकृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले भरतपुरको विमानस्थल विस्तारको लागि एक्सनमा उत्रिने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर विमानस्थल विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको कामले अब गति लिने बताएका हुन् । भरपतुर विमानस्थल विस्तार नभए भरतपुरमा १८ सिटे विमानमात्रै आवतजावत […]

राप्रपा चितवनले चुनावी अभियान सुरु गर्ने

भरतपुर, ४ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले संघ र प्रदेशसभा चुनावमा जनमत बढाउने गतिविधिलाई तीव्र पार्ने भएको छ । स्थानीय निर्वाचनमा राप्रपा चितवनबाट उम्मेदवार भएकाहरुलाइ भरतपुरमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा चितवनमा राप्रपाको पक्षमा बढ्दो जनलहरलाई अझ बढाउने गरि चुनाव लक्षित गतिविधिहरु हुने भएको छ । राप्रपाका केन्द्रीय सहमहामन्त्री रिना गुरुङले विगतभन्दा चितवनमा राप्रपाको पक्षमा […]

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेको दक्षिण एसियाली देश श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आर्थिक संकटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि बुधबार संसद्‍मा मतदान भएको हो । विक्रमासिंघले आफ्नै दलका दलस दलस अलापेरुमालाई पराजित गरेका हुन् । कुल खसेको २ सय […]

नवलपुरमा उठ्यो २४ अर्ब राजस्व

नवलपुर, ४ साउन । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । कार्यालयले गत आवका लागि पाएको लक्ष्यभन्दा रु ४१ करोड ५२ लाख २२ हजार कम राजस्व सङ्कलन भएको हो । सो कार्यालयका प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले गत आर्थिक वर्ष २०७८/७९ मा रु २४ अर्ब ११ […]

चितवनमा रगतको अभावपछि काठमाडौँ र पोखराबाट ल्याइँदै

भरतपुर, ४ साउन । जिल्लामा रगतको अभावपछि आज काठमाडौँ र पोखराबाट ल्याइँदैछ । पोखराबाट ४०० र काठमाडौँबाट ४५ युनिट रगत ल्याउन लागिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको चरम अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती मौसम र गर्मीका कारण सङ्घसंस्थाले रक्तदान कार्यक्रम नगरेका […]

नेपाली रड पहिलो पटक भारत निर्यात

काठमाडौँ, ४ साउन । वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र रड निर्यात गर्न थालेका छन् । बजेटमा निर्यातमा नै छुट दिने व्यवस्था गरिएकाले उद्योगी व्यवसायीले निर्यात सुरु गरेका हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ । बजेटमा निर्यातमा छुटको घोषणा भएसँगै श्री स्टिलले […]

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा

  काठमाडौँ, ४ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । उनी पूर्वउपसभामुखसमेत हुन । यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेको नवनियुक्त प्रमुख सचेतक यादवले जानकारी दिइन् । कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक […]

नवलपुर तेक्वान्दो संघको अध्यक्षमा वीर कुँवर

देवचुली, ४ साउन । नवलपुर जिल्ला तेक्वान्दो संघ (आईटिएफ)को अध्यक्षमा वीर कुँवर सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट वीर कुँवरको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा विशाल पाण्डे, सचिवमा मन्जु परियार, काेषाध्यक्षमा राजु आले मगर, सदस्यहरुमा सृजना श्रेष्ठ, दीप आले मगर, रबिना महतो र रबिन […]

चितवनबाट पनि अनलाइन मतदाता नामावली फाराम भर्न पाइने

भरतपुर, ४ साउन । निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ। आयोगले नमूनाका रूपमा सुरु गरेको अनलाइन मतदाता नामावली फाराम भर्ने कार्य मंगलबारदेखि चितवन, काभ्रेपलाञ्चोक, कास्की, मोरङ र झापा निर्वाचन कार्यालयबाट समेत गर्न सकिने व्यवस्था मिलाएको हो । आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलका अनुसार […]