नवलपुर तेक्वान्दो संघको अध्यक्षमा वीर कुँवर

देवचुली, ४ साउन ।
नवलपुर जिल्ला तेक्वान्दो संघ (आईटिएफ)को अध्यक्षमा वीर कुँवर सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट वीर कुँवरको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा विशाल पाण्डे, सचिवमा मन्जु परियार, काेषाध्यक्षमा राजु आले मगर, सदस्यहरुमा सृजना श्रेष्ठ, दीप आले मगर, रबिना महतो र रबिन कुमाल सर्वसम्मत चयन भएका हुन् ।

नवलपुर जिल्ला तेक्वान्दो संघ (आईटि एफ)को अध्यक्ष वीर कुँवर को अध्यक्षतामा भएको अधिवेशनमा हुप्सेकोट गाउँपालिकाका प्रमुख लक्ष्मी पाण्डेको प्रमुख अतिथ्यता रहेको थियो । त्यसैगरि कार्यक्रममा नेपाल आईटिएफ तेक्वान्दो महासंघका केन्द्रीय सदस्य, गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघका अध्यक्ष एवं राष्ट्रिय ब्ल्याक बेल्ट कमिटिका अध्यक्ष घमबहादुर थापा मगर, नवलपरासी खेलकुद विकास समिति( बर्दघाट सुस्ता पश्चिम )का अध्यक्ष तथा लुम्बिनी प्रदेश तेक्वान्दो संघ (आईटिएफ) का अध्यक्ष रितमान कामु मगर, नवलपुर जिल्ला खेलकुद विकास समितिका सदस्य हरि थापा, नवलपुर जिल्ला फुटबल संघ एन्फाका कोषाध्यक्षलगायत खेलाडी तथा प्रशिक्षकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पेटी परीक्षा तथा कालो पेटी उत्तीर्ण खेलाडीहरुलाई सम्मान सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट