भरतपुर, ३ साउन ।
नेपाल बैंकर्स संघको अध्यक्षमा १ कार्यकाल तथा सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा ८ वर्षको पूर्ण कार्यकाल सम्पन्न गरी हालै सेवानिवृत्त भएका भुवन दाहालले लेखेको ”रिटायरमेण्ट एट फिप्टी” नामक पुस्तक बजारमा आएको छ । पुस्तक अङ्ग्रेजी भाषामा लेखिएको छ ।
नबिल बैंक तथा सानिमा बैंकमा ३ दशकभन्दा बढी समय बिताउनुपूर्व दाहाल सरकारी कर्मचारी थिए ।
यस पुस्तकमा उनले बैंकिङ क्षेत्रका हस्तीहरु सत्येन्द्रप्यारा श्रेष्ठ, राजनसिंह भण्डारी, शोभनदेव पन्त, सुरेन्द्र भण्डारी, पर्शुराम कुंवर, श्रवण मास्के, अनिल ज्ञवाली, अनिल केशरी शाह, अनिल उपाध्याय, सुनिल के.सी., ज्ञानेन्द्र ढुंगाना, सशिन जोशी, अशोक राना, राधेश पन्त, वर्षा श्रेष्ठ, सुन्दर कंडेल, तुलसीराम गौतम, कुमार लम्साल, अनुपमा खुञ्जेली, मनोज गोयल, डि.सि. खन्ना, सुरज मेहता, रबिना देशराज श्रेष्ठ, स्व. सुप्रिय गुप्ता, स्व. शम्भुप्रसाद पौडेलआदिसँग जोडिएका विविध प्रसंगहरु उल्लेख गरेका छन् ।
त्यसैगरि मह जोडी, डा. युवराज खतिवडा, बिष्णु पौडेल, जनार्दन शर्मा, बिनोद चौधरी, डा. पुष्प कंडेल, डा. चिरञ्जीवी नेपाल, महाप्रसाद अधिकारी, बमबहादुर मिश्र, शेखर गोल्छा, रेवतबहादुर कार्की, जीवनाथ लामिछाने, सन्दीप लामिछानेआदिसँग जोडिएका रमाईला प्रसंगहरु पनि किताबमा उल्लेख गरिएका छन् ।
दाहालले पुस्तक लेखनबाट प्राप्तहुने सम्पूर्ण पारीश्रमिक सामाजिक संस्थाहरुलाई प्रदानगर्ने निर्णय गरेका छन् ।
सांग्रीला बुक्सले प्रकाशन गरेको पुस्तक २८४ पृष्ठको छ र यसको मूल्य रु ५५५/- रहेको छ । चितवनमा यो पुस्तकलाई सम्पूर्ण किताब नारायणगढले बिक्रीवितरण गरिरहेको छ ।




