पत्रकार कुटपिट प्रकरण : विद्युतका कर्मचारी धरौटीमा रिहा

भरतपुर, ३ साउन । पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका नेपाल् विद्युतका प्राधिकरण भरतपुरका कर्मचारी धरौटीमा छुटेका छन् । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले विद्युत प्राधिकरण भरतपुर शाखाका कार्यालय प्रमुख राजीव सिंहसहित ८ जनालाई एकमुष्ट २ लाख ४५ हजार रुपैयाँ धरौटीमा छाडेका हुन् । पत्रकार कृष्ण आचार्यलाई कुटपिट गरेको आरोपमा उनीहरु प्रहरीको नियन्त्रणमा थिए । […]
कछुवा गतिमा काम

हालसालै तपाइँले नारायणगढदेखि बुटवलसम्मको यात्रा गर्नुभएको छ ? छ भने तपाइँलाई बिस्तार कार्य कछुवा गतिमा भइरहेको यो सडकखण्डमा यात्रुले पाउने सास्तीबारे केही भन्नै परेन । यो सडकखण्डमा यात्रा नगरेकाहरुलाई अचम्म लाग्ला, महेन्द्र राजमार्गको यो यात्रा कुनै दुर्गम पहाडी जिल्लाको सडकमा भन्दा कम कष्टकर छैन । सडक बिस्तार भइरहेको छ भनेर राजमार्गमा पर्ने स्थानीय पालिकाहरुले सडक […]
काठमाडौं, ३ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सीसीटीभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर […]
‘सीसीटीभी फुटेज रिकभर’ गर्ने जिम्मा नेपाल प्रहरीलाई

काठमाडौं, ३ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सीसीटीभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर […]
भुवन दाहालको पुस्तक ‘रिटायरमेण्ट एट फिप्टी’ सार्वजनिक

भरतपुर, ३ साउन । नेपाल बैंकर्स संघको अध्यक्षमा १ कार्यकाल तथा सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा ८ वर्षको पूर्ण कार्यकाल सम्पन्न गरी हालै सेवानिवृत्त भएका भुवन दाहालले लेखेको ”रिटायरमेण्ट एट फिप्टी” नामक पुस्तक बजारमा आएको छ । पुस्तक अङ्ग्रेजी भाषामा लेखिएको छ । नबिल बैंक तथा सानिमा बैंकमा ३ दशकभन्दा बढी समय बिताउनुपूर्व दाहाल […]
सिन्धु नदीमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु

इस्लामाबाद, ३ साउन । एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् । राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन् । क्षमताभन्दा बढी यात्री […]
थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, ३ साउन । देशभर पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३५७ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ८५७ जनाको पिसिआर तथा एक हजार पाँच सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ६२ जना […]
नारायणी नदीमा तटबन्धनको काम अगाडि बढ्यो: मेयर दाहाल

चितवन,४ साउन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अब कहिल्यै पनि नारायणी नदीले दुःख नदिने बताएकी छिन् । मंगलबार भरतपुर १७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धनको काम अगाडि बढेको बताइन्। नारायणी नदीबाट पीडित भएका नागरिक अब त्रासमा बस्नु पर्ने अवस्थाको दीर्घकालिन रुपमा समधान […]
तनहुँमा कोरोनाबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत

दमौली, ३ साउन । स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८र०७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको […]
२०७९ साउन ३ गते मंगलबारको कायाकैरन दैनिक (E-paper)
लायन्सको अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न

गैंडाकोट, ३ साउन । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरको क्लब अफिसर्स स्कुलिङ कार्यक्रम गैंडाकोटमा सम्पन्न भएको छ । डिष्ट्रिक्ट सेवा क्षेत्रका क्लष्टर ३, ४ र ५ अन्तरगतका रिजन र जोनमा पर्ने करिब एक सय दस क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई प्रशिक्षित गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको हो । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ […]
तेक्वान्दो प्रतियोगितामा भाग लिन कोरिया जान लागेका थापाको बिदाइ

खैरहनी, ३ साउन खैरहनी निवासी तेक्वान्दो खेलाडी कृष्ण थापालाई यही जुलाई २२ तारिखदेखि दक्षिण कोरियामा सञ्चालन हुने वर्ल्ड तेक्वान्दो कल्चरल एक्पोमा सहभागी हुन जानेक्रममा बिदाइ गरिएको छ ।।राप्रपा क्षेत्रीय समिति चितवन क्षेत्र नम्बर १ ले एक कार्यक्रम आयोजना गरी थापालाई बिदाइ तथा शुभकामना व्यक्त गरेको छ । थापा राप्रपाका सक्रिय सदस्य हुन् म थापा विगत […]
राप्तीका स्थानीयले पाए नक्साको निस्सा

राप्ती, ३ साउन । राप्ती नगरपालिका वडा नम्बर १० वडासमितिको कार्यालयमा भूमिहीन, सुकुम्बासीहरुका लागि नाप नक्साको निस्सा वितरण सुरु गरिएको छ । आगामी दशैँ अगावै लालपुर्जा बाड्ने गरि सो निस्सा वितरण गरिएको हो । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाको संयोजकत्वमा आयोजित सो कार्यक्रममा उपप्रमुख देवेन्द्र लामा, वडा नम्बर १० का वडाअध्यक्ष तेजबहादुर तामाङको रोहवरमा […]