राप्तीका स्थानीयले पाए नक्साको निस्सा

राप्ती, ३ साउन ।
राप्ती नगरपालिका वडा नम्बर १० वडासमितिको कार्यालयमा भूमिहीन, सुकुम्बासीहरुका लागि नाप नक्साको निस्सा वितरण सुरु गरिएको छ । आगामी दशैँ अगावै लालपुर्जा बाड्ने गरि सो निस्सा वितरण गरिएको हो ।

राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाको संयोजकत्वमा आयोजित सो कार्यक्रममा उपप्रमुख देवेन्द्र लामा, वडा नम्बर १० का वडाअध्यक्ष तेजबहादुर तामाङको रोहवरमा निस्सा वितरण सुरु गरिएको हो ।

वडा नम्बर १० मा करिब ९०० जनालाई निस्सा वितरण गरिनेछ । अघि राप्ती नगरपालिका वडा नम्बर ११ मा भूमिहीन, सुकुम्बासीलाई निस्सा वितरण गरि सकिएको छ ।
राष्ट्रिय भमीं आयोगले विभिन्न पालिकाहरुमा लालपुर्जाबिहीनहरुका लागि नाप नक्साको निस्सा वितरण गर्दै आइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट