तेक्वान्दो प्रतियोगितामा भाग लिन कोरिया जान लागेका थापाको बिदाइ

खैरहनी, ३ साउन
खैरहनी निवासी तेक्वान्दो खेलाडी कृष्ण थापालाई यही जुलाई २२ तारिखदेखि दक्षिण कोरियामा सञ्चालन हुने वर्ल्ड तेक्वान्दो कल्चरल एक्पोमा सहभागी हुन जानेक्रममा बिदाइ गरिएको छ ।।राप्रपा क्षेत्रीय समिति चितवन क्षेत्र नम्बर १ ले एक कार्यक्रम आयोजना गरी थापालाई बिदाइ तथा शुभकामना व्यक्त गरेको छ । थापा राप्रपाका सक्रिय सदस्य हुन् म

थापा विगत दुई दशकदेखि तेक्वान्दो खेलमा समर्पित भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गोल्ड मेडल जित्न सफल खेलाडी हुन् । उनले वर्ल्ड तेक्वान्दो कल्चरल एक्पोमा सिनियर पुरुष खेलाडीतर्फ ८० किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

कार्यक्रममा क्षेत्रीय अध्यक्ष बलराम खनालले २० वर्षदेखिको खेलजीवनमा लागेका युवा कृष्ण थापालाई अहिलेसम्म कुनै तहको सरकारले पनि सम्मान र आश्वासनसमेत नदिएको भन्दै पहिलोपटक जनताको भरोसाको पार्टी राप्रपाले उनको क्षमताअनुरुप सम्मान गर्ने निर्णय लिएको बताए । सरकारले खेलमार्फत राष्ट्रको गरिमा बढाउने खेलाडीलाई उचित सम्मान र हौसला दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा राप्रपा बागमती प्रदेशका सहसचिव माधव भट्टराई, जिल्ला सदस्य यानप्रसाद डल्लाकोटी, हरिशरण भट्टराई, राप्रपा रत्ननगरका प्रवक्ता सन्तोष तामाङलगायतले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

खेलाडी थापाले राप्रपाले गरेको प्रोत्साहनले आफूलाई उत्साहित तुल्याएको बताए । उनले आफूप्रति शुभेच्छा राख्ने सबैप्रति कृतज्ञता व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट