गैंडाकोट, ३ साउन ।
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरको क्लब अफिसर्स स्कुलिङ कार्यक्रम गैंडाकोटमा सम्पन्न भएको छ । डिष्ट्रिक्ट सेवा क्षेत्रका क्लष्टर ३, ४ र ५ अन्तरगतका रिजन र जोनमा पर्ने करिब एक सय दस क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई प्रशिक्षित गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको हो ।
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरको आयोजना तथा ३ वटा क्लष्टरको सहयोगमा सम्पन्न उक्त कार्यक्रमको सभापति डिष्ट्रिक्ट गभर्नर सिद्धार्थ लाल चुके रहेका थिए भने कार्यक्रमको सहजीकरण डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतमले गरेका थिए ।
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका एडिसनल सेक्रेटरी पूर्णप्रसाद शर्माले क्लब स्थापना भईसके ईन्टरनेशनलबाट लिनु पर्ने सदस्यता, सदस्यहरुको अद्यावधिक, आर्थिक प्रतिबेदन, कार्यक्रमका प्रतिबेदनलगायत डिष्ट्रिक्टमा गर्नुपर्ने प्रतिबेदनहरुका बारेमा जानकारी दिएका थिए । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका द्वितीय भाईस गभर्नर दिनानाथ न्यौपानेले अध्यक्ष र उपाध्यक्षले गर्नु पर्ने जिम्मेवारीका बारेमा जानकारी दिए । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ का पूर्वगभर्नर राजकुमार श्रेष्ठले क्लबका सचिव र कोषाध्यक्षहरुको काम, कर्तव्य र अधिकारका बारेमा प्रष्ट पारेका थिए ।
क्लबले विशेषगरी सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू गरिरहेको जानकारी लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका पब्लिक रिलेसन अफिसर बालगोपाल चुकेले गराए ।




