पञ्चकर्म चिकित्सा के हो ?

पञ्चकर्म आयुर्वेदिय चिकित्सा -पद्धतिको एक विशिष्ट चिकित्सा विधि हो । जसको प्रयोगले रोगिको शरिरको शोधन गरेर रोगलाई पुनः उदभव नहुने गरि निको गरिन्छ । आयुर्वेद चिकित्सा अनुसार दुई प्रकारले रोगीको रोग निवारण गरिन्छ शमन र शोधन विधि । शमन चिकित्सा अन्तर्गत रोगीलाई रोग अनुसारको औषधिको प्रयोगले उपचार गरिन्छ भने शोधन चिकित्सा अन्तर्गत विभिन्न ५ कर्म ( process) द्वारा शरिरमा जम्मा भएको विकार (toxin) शरीर बाहिर निकालेर उपचार गरिन्छ । त्यही पाँच प्रकारको कर्मलाई पञ्चकर्म भनिन्छ ।

स्वस्थ ब्यक्तिको स्वास्थ्य रक्षाको लागि  पञ्चकर्म  गरिन्छ भने रोगी ब्यक्तिको रोग निवारणको लागि पञ्चकर्म   गराईन्छ । वमन (emesis) : यस बिधिमा मुखबाट औषधि खुवाएर मुखबाट नै बिकार निर्हरण गरिन्छ ।

स्वस्थ ब्यक्तिले लामो समयसम्म स्वस्थ रहिरहनको लागि वसन्त ऋतुमा वमन गर्नुपर्छ । कफज रोगहरु जस्तै : रुघाखोकी , पिनाश, एककुष्ठ , दम आदि रोगमा वमनद्वारा चिकित्सा गरिन्छ । विरेचन ( purgation)  पञ्चकर्म अन्तर्गत यस बिधिबाट बिरामीलाई औषधि खुवाएर गुदामार्गबाट बिकार निर्हरण गरिन्छ । स्वस्थ व्यक्तिले लामो समयसम्म स्वस्थ रहिरहनको लागि शरद ऋतुमा विरेचन गर्नुपर्छ । पितज रोगहरु, छाला सम्बन्धि रोगहरु, कामला ( jaundice) आदिमा विरेचन अत्यन्तै लाभदायक हुन्छ ।

वस्ति ( enema) वस्ति अन्तर्गत गुदामार्गबाट औषधि द्रव्य पक्वाशय ( large intestine ) मा पुर्याएर पुन: विकारलाई गुदामार्गबाट निर्हरण गरिन्छ । स्वस्थ ब्यक्तिले लामो समयसम्म स्वस्थ रहिरहनको लागि वर्षा ऋतुमा वस्ति गर्नुपर्छ । वातज रोगहरु जस्तै पक्षाघात , अर्दित( facial paralysis) , वातरक्त आदिमा वस्ति प्रभावकारी चिकित्सा हो ।

वस्तिकै एक प्रकार उत्तरवस्ति हो जुन इन्फर्टिलिटीको चिकित्सा हो । यसमा औषधद्रव्य महिलाको योनीमार्ग मार्फत पाठेघरमा पुर्याईन्छ । नस्य ( instillation of medicine ) अन्तर्गत नासा ( नाकको प्वाल) मार्गबाट औषध द्रव्य पठाएर उर्ध्वजत्रुगत रोग अर्थात घाँटी भन्दा माथी शिरप्रदेशका विकारको निर्हरण गरिन्छ । नस्य टाउको दु:खाई , माईग्रेन, छारेरोग आदिको सफल चिकित्सा हुनुको साथै नाँक- कान – घाँटी तथा शिरप्रदेशका अन्य रोगहरुमा पनि अत्यन्तै लाभदायक छ ।

रक्तमोक्षण ( blood letting ) जलौका ( leech ), कपिंग थेरापि, सिराव्यध आदि विधिले शरिरको अशुद्ध रगत झिकी रगतको शुद्धिकरण गर्ने विधिलाई रक्तमोक्षण भनिन्छ । रगत तथा पित विकारका रोगहरु विशेष गरि त्वकरोगहरु जस्तै डण्डिफोर, दाद, सोरियासिस, सेतो दुबी , जीउ चिलाउने समस्याहरुमा लाभदायक चिकित्सा हो । त्यस्तै कलेजो सुन्निने , फियो सुन्निले , वातरक्त आदिमा रक्तमोक्षण उत्कृष्ट चिकित्सा हो । पंचकर्मको महत्व औषधद्रव्यको सेवनले मात्र चिकित्सा गर्दा रोग केहि समयको लागि निको भए पनि पुन: उदभव हुने सम्भावना हुन्छ तर पञ्चकर्म   विधिहरुबाट शोधन गर्दा रोग जरैबाट निर्मुल हुन्छ अर्थात् रोग पुन: बल्झने समस्या हुदैन ।

(लेखक डा. महतो हिमालय आयुर्वेद क्लिनिक नारायणगढका कन्सल्टेन्ट फिजिसियन हुन् )

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट