मेरो घरमा दुईथरी तरकारी पकाउने स्थिति छैन: प्रदीप ज्ञवाली

काठमाडौँ २ साउन ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् । आज काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उपमहासचिव ज्ञवालीले कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको बताए । उनले अहिले गभर्नरमाथि बनाइएका बहाना भन्ने कुरा मात्रै रहेको उल्लेख गरे । उपमहासचिव ज्ञवालीले आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको दाबी गरे ।

उनले बनावटी रूपमा मूल्यवृद्धि गर्दा आम जनताको चुल्हो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुईथरी तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताए ।

उनले भने, ‘आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको छ । मैले नै घरमा हरेक पटक एकथरी तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो । दुईथरी तरकारी पकाउने अवस्था मेरो छैन । मन्त्री पनि भएँ, सांसद पनि छु । तर, मेरो घरमा दुईथरी तरकारी बनाउने स्थिति छैन भने अरुको के होला?’

उपमहासचिव ज्ञवालीले राज्य डरलाग्दो रूपमा विचौलियाहरूको नियन्त्रणमा जान थालेको बताए । उनले अहिलेको गठबन्धन सरकारलाई राजनीतिक गठबन्धनको रूपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तीय गठबन्धनले भ्रष्टाचार, कालाबजारिया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप लगाए ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट