नापी कार्यालय भरतपुरबाट अनलाइन टोकन प्रणाली सुरू

भरतपुर, २ असार ।नापी कार्यालय भरतपुरमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन लागू गरेको हो ।

सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्नका लागि नापी कार्यालयमा टोकन प्रणाली लागू गरिएको प्रमुख नापी अधिकृत गिरीशकुमार लाल कर्णले जानकारी दिए ।

कार्यालयमा ढिलासुस्ती र अनियमितता भएको गुनासो आउन थालेपछि कार्यालयको सेवालाई सहज र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले एक कार्यक्रमकाबीच टोकन प्रणालीको शुभारम्भ गरेका थिए ।
टोकन प्रणाली लागू भएपछि विचौलियाहरु मौलाउन नपाउने र सेवा प्राप्तिमा सहज हुने सेवाग्राहीको भनाई छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले नागरिकको सेवा पाउने अधिकारमा बिचौलियाको हावी बढ्दो रहेकाले टोकन प्रणालीले त्यसको अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

टोकन प्रणाली सञ्चालनमा आएपछि नागरिकले कार्यालयमा पुगेर अलमलमा पर्ने अवस्थाको अन्त्य हुने र सरल तथा सहज रुपमा पालैपालो सेवाग्राहीले चाहे अनुसारको फाँटबाट सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट