भरतपुर, २ असार ।
इनरह्वील क्लब भरतपुरकाे १२औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । सन् २००२-०२३ का लागि निर्वाचित नयाँ कार्य समितिलाई विधिवत रूपमा पदस्थापन गरिएकाे हो । कार्यक्रमका प्रमुख अतिथि इनरह्वील क्लब डिष्ट्रिक ३५० का चेयरपर्सन सिमा झा रहेकी थिइन् । निवर्तमान अध्यक्ष विमला अर्याल अधिकारीले नयाँ अध्यक्ष मधु साहलाई पद हस्तान्तरण गरेकी हुन् । साहकाे अध्यक्षतामा नाै सदस्यीय नयाँ कार्य समिति गठन भएकाे थियाे ।
इनरह्वील क्लब महिलाहरूकाे अन्तराष्ट्रिय सामाजिक संस्था हाे । क्लबले सन् २०२२ मा महिला, बालबालिका र वातावरणकाे क्षेत्रमा विभिन्न गतिविधिहरू गरेकाे थियाे । काेभिड महामारी जस्ताे चुनाैति रहे पनि क्लबकाे विगतकाे कार्यकाल फलदायी बनेकाे निवर्तमान अध्यक्ष विमला अर्याल अधिकारीले बताइन् । निवर्तमान सचिव माया निउरेले क्लवले जेहन्दार विद्यार्थीलाई छात्रवृत्ती पनि दिँदै आएकाे बताइन् । छात्रवृत्ती वितरणलगायतका विगतका कार्यक्रमलाई निरन्तरता दिँदै थप नयाँ याेजनाहरू पनि ल्याउने नयाँ अध्यक्ष मधु साहले बताइन् । पदहस्तान्तरण कार्यक्रमका विशेष अतिथि भरतपुर राेटरी क्लवका अध्यक्ष भाेला जाेशी रहेका थिए ।




