सृजना स्कुलमा निशुल्क स्वास्थ्य शिविर

भरतपुर, १ साउन ।
शरद्पुरस्थित सिर्जना स्कुलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही स्कुलको अल्मुनाई एशोसियशनले आयोजना गरेको शिविरमा ४७७ जनाले स्वास्थ जाँच गरेका थिए ।

स्कुलका संस्थापक प्राचार्य चिरञ्जीवी थापाको प्रथम पूण्यतिथिको अवसरमा आयोजित सिविर डा.भोजराज अधिकारी, डा. नारायणबहादुर थापा, डा. सुमित पाण्डे, डा.विश्वास गुरुङ, डा. मनोज कंडेल, डा. सुदीप कौडेल, डा. सरिता राना गुरुङ, डा. दिपेश क्षेत्री, डा. मनोजबाबु अधिकारी, डा. पुकार न्यौपानेले स्वास्थ्य जाँच गरेका थिए । साथै निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

सो शिविरमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्त्री रोग, चिनी रोग, बाल रोग, आँखा रोग, हाड जोर्नी रोग, जनरल मेडिसिनलगायतका सेवाहरु प्रदान गरिएको थियो ।

सोही स्कुलकी पूर्वविद्यार्थी मान्यता थापाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा पूर्व विद्यार्थी समाजका अध्यक्ष डा. विश्वाश गुरुङ, सुमन कार्की, सक्रियविक्रम थापा, साहित्यकार सिम्रन क्षेत्री, सुशील भट्टराई , बिमला गुरुङलगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

साथै सोही स्कुलका शैक्षिक सल्लाहकार कपिल ज्ञवाली, पूर्वशिक्षक ध्रुवकिरण रेग्मी, प्राचार्य मुनु थापाले समेत श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट