सृजना स्कुलमा निशुल्क स्वास्थ्य शिविर

भरतपुर, १ साउन । शरद्पुरस्थित सिर्जना स्कुलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही स्कुलको अल्मुनाई एशोसियशनले आयोजना गरेको शिविरमा ४७७ जनाले स्वास्थ जाँच गरेका थिए । स्कुलका संस्थापक प्राचार्य चिरञ्जीवी थापाको प्रथम पूण्यतिथिको अवसरमा आयोजित सिविर डा.भोजराज अधिकारी, डा. नारायणबहादुर थापा, डा. सुमित पाण्डे, डा.विश्वास गुरुङ, डा. मनोज कंडेल, डा. सुदीप कौडेल, डा. […]

सडक आश्रित मानवको मिर्गौला बिक्री प्रयास, तीन जनाको उद्धार

काठमाडौँ, १ साउन । काठमाडौँको सडकलाई नै आश्रय बनाएर हिंड्ने व्यक्तिको पनि मिर्गौला बिक्रीको प्रयास भएको छ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधमा संलग्न एक समूहले सडकमा आश्रित मानवलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री उद्योग गरेको पाइएको हो । उनीहरुलाई मनाउन सजिलो हुने भएकाले गिरोह सडक आश्रित मानवको अङ्ग बिक्री उद्योगमा लागेको प्रहरीले जनाएको छ । […]

२४ घण्टामा १३५ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौँ, १ साउन । पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ४१ जनाको नमूना परीक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ५९ जना निको भएका छन् । योसँगै सक्रिय संक्रमित […]

भारतमा बीस हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली, १ साउन । भारतमा बितेका २४ घण्टामा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४३ हजार चार सय ४९ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक […]

सरकारले आयाल निगमलाई सात अर्ब ऋण दिने

काठमाडौँ, १ साउन । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई रु सात अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानी दिनका लागि उक्त रकम दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न […]

देवघाटमा बोलबम मेला हुने

भरतपुर, १ साउन । कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यसवर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पु¥याइएको छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलाका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष […]