नारायणगढ रोटरी क्लबद्धारा मकवानपुरको आमा घरको लागि आर्थिक सहयोग हस्तान्तरण

मकवानपुर, ३२ असार ।

नारायणगढ रोटरी क्लबले मकवानपुरको ‘आमा घर’को लागि सहयोग रकम हस्तान्त्रण गरेको छ । क्लबले शनिबार एक कार्यक्रमको आयोजना गरेर  पाँचलाख  रुपैयाँ सहयोग रकम हस्तान्त्रण गरेको क्लबका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । उक्त रकम आमा घरका संस्थापक बिजयराज सिग्देललाई हस्तान्तरण गरिएको हो । अध्यक्ष श्रेष्ठका अनुसार क्लबका पूर्व अध्यक्ष अरुणकुमार पिया, उनकी धर्मपत्नी बन्दना पिया, भाइ समाजसेवी वरुण पिया र परिवारको तर्पmबाट उक्त सहयोग रकम प्राप्त भएको हो । यसका साथै आमा घरमा आश्रीत बाआमाहरूका लागि नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्ष तथा सदस्यहरूबाट संकलन गरिएको एकाउन्न हजार एकसय रुपैयाँ र आवश्यक खाद्यान्न लगायत दैनिक उपभोग्य सामानहरू समेत सहयोग उपलब्ध गराइएको क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक सहनलाल प्रधानले बताए ।

कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२, जोन ३२ का एसिस्टेन्ट गभर्नर विपिन पोखरेल, क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान लगायतको उपस्थिति रहेको थियो । आमा घरका संस्थापक बिजयराज सिग्देलले कार्यक्रममा सम्पूर्ण रोटरियन तथा स्पाउजहरूलाई रुद्राक्षको माला र खादा लगाएर स्वागत गरेका थिए ।

सोही अवसरमा आमा घरमा शुद्ध खानेपानीको लागि वाइन टु वाटर नेपालको सहयोगमा तीनवटा सयर वाटर फिल्टर जडान गरिएको क्लबका अध्यक्ष श्रेष्ठले जानकारी गराए । क्लबका सर्भिस प्रोजेक्ट चेयर इन्जिनियर गुणेश्वर महतोले शुद्ध खानेपानीको लागि सयर फिल्टरको उपादेयताको बारेमा जानकारी गराएका थिए ।

यसैबिच नारायणगढ रोटरी क्लब र स्पाउज क्लब अफ आरसी नारायणगढको संयुक्त आयोजनामा आमा घरको कम्पाउण्डभित्र वृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरिएको स्पाउज क्लबका अध्यक्ष सम्झना प्रधानले जानाकारी गराइन्। जिल्ला वन कार्यालय, भतरपुरबाट एकसय थान बिरुवाहरू सौजन्य भएको र पचहत्तर वटा बिरुवाहरू नारायणगढ रोटरी क्लबले खरीद गरी जम्मा एकसय पचहत्तर वटा विभिन्न जातका बोटबिरुवाहरू रोपिएको वृक्षरोपण कार्यक्रमका संयोजक तथा पूर्व अध्यक्ष रोहितकुमार श्रेष्ठले बताए ।

क्लबका सचिव राजाराम सिटौलाले सञ्चालन गरेको उक्त कार्यक्रममा सहयोगदाता पूर्व अध्यक्ष अरुण पिया, जोन ३२ का एसिस्टेन्ट गभर्नर विपिन पोखरेल, संस्थापक अध्यक्ष निरञ्जन प्रधान, पूर्व अध्यक्ष सहनलाल प्रधान, आमा घरका संस्थापक सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट