लय छुटेको समयले समातेको लय

गैँडाकोट, ३२ असार। प्रा. डा. कृष्णप्रसाद पौडेलको सबैले जानेको परिचय हो– अर्थोपेडिक सर्जन । तर, केही वर्षयता उनी बलियो लेखकको रूपमा अघि बढिरहेका छन् । ‘खुसीहरूको वनवास’ कवितासङ्ग्रहबाट नेपाली साहित्यमा पाइला अघि बढाएका डा. पौडेलले एकपछि अर्को पुस्तक लेखिरहेका छन् । डेढ वर्षअघि ‘कम्मरीदेखि कोभिड कहर’ लेखेका उनले यसपालि ‘लय छुटेको समय’ लेखेका छन् । […]

चिकित्सा शिक्षाको शुल्क वृद्धि

काठमाडौँ, ३२ असार । राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८÷७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताए । उहाँले स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क […]

शनिबार थप २०५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ, ३२ असार । देशभर पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ९० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ८१ हजार २९४ पुगेको छ । […]

राप्ती नगर सार्वजनिक सुनुवाइ: सुझाव र गुनासोको ओइरो

राप्ती,३२ असार । पूर्वी चितवनको राप्ती नगरपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। नगरपालिकाले चालू आर्थिक बर्षमा गरेका सेवा प्रवाह र कार्य सम्पादनको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो। कार्यक्रमको समन्वय कला पाठशाला कलेज प्रालिले गरेको थियो । जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको धेरै नभएपनि सहभागीहरुले सुझाव भन्दा धेरै गुनासो व्यक्त गरेका थिए । राप्ती–७ का आइतराम विकले […]

नारायणगढ रोटरी क्लबद्धारा मकवानपुरको आमा घरको लागि आर्थिक सहयोग हस्तान्तरण

मकवानपुर, ३२ असार । नारायणगढ रोटरी क्लबले मकवानपुरको ‘आमा घर’को लागि सहयोग रकम हस्तान्त्रण गरेको छ । क्लबले शनिबार एक कार्यक्रमको आयोजना गरेर  पाँचलाख  रुपैयाँ सहयोग रकम हस्तान्त्रण गरेको क्लबका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । उक्त रकम आमा घरका संस्थापक बिजयराज सिग्देललाई हस्तान्तरण गरिएको हो । अध्यक्ष श्रेष्ठका अनुसार क्लबका पूर्व अध्यक्ष अरुणकुमार पिया, […]

भरतपुर महानगरद्धारा ४६ जना महिला स्वास्थ्य स्वंयमसेविकाको बिदाइ

चितवन,३२ असार। भतरपुर महानगरपालिकामा काम गर्ने ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वंयमसेविकालाई बिदाइ गरिएको छ । शनिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका सभाहलमा ६० वर्ष उमेर पुगेका र १० वर्ष काम गरिसकेका अवकास पाएका महिला स्वंयमसेविकालाई बिदाइ गरिएको हो । भरतपुर महानगरपालिका, स्वास्थ्य कार्यालय चितवन र स्वास्थ्य मन्त्रालय वागमती प्रदेशको संयुक्त आयोजनामा सेवा निवृत्त भएका […]

देवचुलीमा भैंसीको दुधको मूल्य वृद्धि गरिँदै

देवचुली, ३२ असार । देवचुली नगरपालिकामा भैंसीको दुधको मुल्यमा वृद्धि गरिने भएको छ । देवचुली भैंसीपालन कृषक समूहले शनिबार दलदलेमा पत्रकार सम्मेलन गरि साउन १६ गतेदेखि प्रतिलिटर भैंसीको दुधको खुद्रा मूल्य रु १२० कायम गरिने जानकारी गराएको हो । पशुपालन क्षेत्रमा आवश्यक पर्ने पराल, भुसा, घाँस, दाना, चापट, ढुटोलगायतका वस्तुहरुमा अत्याधिक मूल्य वृद्धिका कारण दुधको […]

मेक्सिकोमा हेलिकप्टर दुर्घटनाः १४ जना सैनिकको मृत्यु

मेक्सिकोसिटी, ३२ असार । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो । लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा मारिएका मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एकजना भने बाँचेका छन् । नौसेनाको स्वामित्वमा […]

दलहरूले सुशासनको प्रतिबद्धता जनाए मुलुक श्रीलंका बन्दैन : शेखर कोइराला

गैंडाकोट, ३२ असार । नेपाली कांग्रेसका बरिस्ठ नेता डाक्टर शेखर कोइरालाले देशको राजनीति गम्भीर अवस्थामा पुगेको बताएका छन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलको पुस्तक `लय छुटेको समय´को विमोचन समारोहमा बोल्दै कोइरालाले भने – `मुलुकको अवस्था अति भएको छ, मुलुक श्रीलंका बन्छ कि भन्ने चिन्ता सर्वत्र छ । दलहरूले सुशासनको प्रतिबद्धता जनाए त […]

`मौलामा बाँधिएको राँगो´माथि चर्चा, कवि नवीनले सुनाए कविता

भरतपुर, ३२ असार । कवि नवीन अभिलाषीले कविले देश, काल , परिस्थितिको राजनीति गर्न नहुने बताएका छन् । `तर एउटा कविले समग्र राजनीति भने बुझ्नु जरुरी छ´, कवि अभिलाषीले भने- `कवितामा विचार लेख्नुपर्छ, कवितामा कला लेख्नुपर्छ । राजनीति बुझेको कविले कवितालाई सुन्दर ढंगले सजाउन सक्छ ।´ `एकल कविता वाचन´ कार्यक्रममा दाङबाट चितवन आएका कवि अभिलाषीले […]

विद्युत प्राधिकरण भरतपुर वितरणका कर्मचारीद्धारा पत्रकार आर्चायमाथी आक्रमण, कारबाहीको माग

भरतपुर, ३२ असार । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले चितवनका पत्रकार कृष्ण आर्चाय माथी कुटपिट गरेका छन् । नारायणी अनलाइनका सम्पादक रहेका पत्रकार आर्चाय शुक्रबार साँझ प्राधिकरणको कार्यलय भवनभित्रै रक्सी पार्टी भइरहेको सूचना पाएपछि रिपोर्टिङमा पुगेका थिए । कार्यालय परिसरभित्रै रक्सी पार्टीमा रमाएका कर्मचारीहरुले आचार्यले समाचार संकलनका लागि फोटो भिडियो खिचेको भन्दै आक्रमणमा उत्रेका […]