गैंडाकोट, ३२ असार ।
नेपाली कांग्रेसका बरिस्ठ नेता डाक्टर शेखर कोइरालाले देशको राजनीति गम्भीर अवस्थामा पुगेको बताएका छन् ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलको पुस्तक `लय छुटेको समय´को विमोचन समारोहमा बोल्दै कोइरालाले भने – `मुलुकको अवस्था अति भएको छ, मुलुक श्रीलंका बन्छ कि भन्ने चिन्ता सर्वत्र छ । दलहरूले सुशासनको प्रतिबद्धता जनाए त अहिले श्रीलंका हुँदैन नि । नेताहरुले मुलुकलाई श्रीलंकाको अवस्थामा नपुर्याउन भ्रस्टाचारलाई उन्मुलन नै गर्नपर्छ । अति भ्रष्टाचार भयो ।´
कोइरालाले अगाडि भने – `यी यावत बेथितिहरू दलहरुले मिलाउँदै जाने हो, पारदर्शी काम हामीले नै गर्ने हो । यो नेताहरूकै जिम्मेवारी हो । नागरिकको मतको सम्मान गर्न सके मात्र धेरै सुशासन हुन्छ ।´





