भरतपुर महानगरद्धारा ४६ जना महिला स्वास्थ्य स्वंयमसेविकाको बिदाइ

चितवन,३२ असार।

भतरपुर महानगरपालिकामा काम गर्ने ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वंयमसेविकालाई बिदाइ गरिएको छ ।
शनिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका सभाहलमा ६० वर्ष उमेर पुगेका र १० वर्ष काम गरिसकेका अवकास पाएका महिला स्वंयमसेविकालाई बिदाइ गरिएको हो ।

भरतपुर महानगरपालिका, स्वास्थ्य कार्यालय चितवन र स्वास्थ्य मन्त्रालय वागमती प्रदेशको संयुक्त आयोजनामा सेवा निवृत्त भएका स्वंयमसेविकाहरुलाई बिदाइ गरिएको थियो । गत वर्षदेखि महानगरले महिला स्वंयमसेविकाको कार्यको सम्मान गर्दै बिदाइ गर्दा रु ५० हजारका दरले नगद दिने व्यवस्था मिलाएको छ ।

त्यस्तै प्रदेश सरकारले पनि विदाई गर्दा रु २० हजार दिने गरेको छ । विदाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य स्वंयमसेविकाको कार्यको  प्रशंसा गरिन् ।
जनचेतना फैल्याउने कार्य स्वास्थ्य ले गरेको कार्यले धेरैले नयाँ जीवन पाएको मेयर दाहालको भनाई थियो ।
‘यो रकम दिनुको उदेश्य यहाँहरुले गर्नु भएको सेवाको उच्च कदर गरेर सहयोग गरेका हौ’ उनले स्पष्ट पारिन् ।
महानगरपालिकाले स्वंयमसेविकाको लागि अध्ययन भ्रमण, चाडवार्ड खर्च र यातयात खर्च भनेर रकम विनियोजन पनि गर्दै आएको मेयर दाहालले जानकारी दिइन्।

अवकास पाएका स्वास्थ्य स्वंयमसेविकालाई अझै पनि समुदायमा हुँदै आएको कार्य र सेवा भावलाई निरन्तरता दिन आग्रह गरिन्।
कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले स्थानीयस्तरमा स्वास्थ्य क्षेत्रको विकासमा स्वास्थ्य स्वंयमसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई बाल स्वास्थ्य, मातृस्वास्थ्यतर्फ समुदाय स्तरमा काम गर्दै जनचेतना फैल्याउने काम गर्दै आइरहेका छन् । नेपालमा घर बाहिरा शौच गर्नेदेखि विभिन्न महामारी रोग विरुद्ध लड्न महिला स्वास्थ्य स्वंयमसेविकालाई परिचालन गर्दै आइएको थियो । नेपालका महिला स्वमसेविकाको कार्यको मूल्याङकन गर्दै विश्व स्वास्थ्य संगठनले पुरस्कृत समेत गरेको थियो ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट