ड्युटी नजाने चिकित्सक कारबाहीमा

भरतपुर, ३० असार ।
भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले कारबाही गरेको छ । ड्युटी समयमा अस्पतालमा अनुपस्थित रहेकाले उनीमाथि कारबाही गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डाक्टर ऋतुराज तिवारीलाई तत्कालै स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नआएपछि बुधबार निजको करार भङ्ग गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिए ।

विगत तीन वर्षदेखि अस्पताल विकास समितिको दरबन्दीमा कार्यरत तिवारीले मेडिकल र वृद्धवृद्धा वार्डका साथै क्याबिनमा रहेका बिरामीको गएको शनिबार बिहान परीक्षण गरे पनि साँझ नगएपछि बिरामीका कुरुवाले गुनासो गरेका थिए ।

तत्कालै समाचार प्रकाशित भएपछि प्रमुख पौडेल र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सम्बद्ध चिकित्सकलाई कारबाही गरिने बताएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट