सङ्कट बढ्दै गएपछि श्रीलङ्काको संसद् नजिकै सेनाका ट्याङ्कहरू तैनाथ

कोलम्बोे, ३० असार । श्रीलङ्काको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ । प्रदर्शनकारीहरूलाई संसद्मा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको बताइएको छ । श्रीलङ्काको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारिहरूले बुधबार आक्रमण गरेका छन् । अहिले टापु राष्ट्र गम्भीर आर्थिक र राजनीतिक सङ्कटमा परेको छ। जुलाई ९ गते प्रदर्शनकारीहरू […]

प्राध्यापकको गल्तीले गर्दा प्रश्नपत्र हुबहु: त्रिवि

काठमाडौँ, ३० असार । त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताए । “प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्नेजस्ता समस्या देखिए”, उनले भने, […]

किशोरी मृत्यु प्रकरण: दुई व्यक्ति पक्राउ

रुपन्देही, ३० असार । एक होटलमा बुटवल उपमहानरपालिका–२ की एक किशोरी मृतावस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । मृतक १६ वर्षीया किशोरी सुदीक्षा गुरुङका बुवा सन्दीपले दिएको किटानी जाहेरीका आधारमा बुटवल–२० निवासी २० वर्षीय असिम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी अनुसन्धानका लागि होटलका सञ्चालक ४३ वर्षीय रामप्रसाद […]

सरकारको एक वर्ष: जयनगर–कुर्था रेल सञ्चालनमा अरु रेलमार्ग कतै अध्ययन त कतै निर्माण अघि बढ्दै

काठमाडौँ, ३० असार । सरकार गठन भएको एक वर्षमा जयनगर–कुर्था खण्डमा रेल सञ्चालनसँगै अरु रेलमार्गमा कतै अध्ययन त कतै निर्माणकार्य अघि बढेको छ । सरकारले भारतबाट खरिद भएको रेल केही समयसम्म थन्किएकामा गत चैत २० गतेबाट सञ्चालनमा आएको छ । सो रेल हाल दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा […]

वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३० असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् ।विकल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनाको विकल्प नरहेको बताए । अध्यक्ष प्रचण्डले भने, “नेपालमा अलिक […]

साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिने

पर्सा, ३० असार । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिएका छन् । उनले ओमनबाट नेपाल सरकारले खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो सातादेखि भित्रिने बताएका हुन् । जनता समाजवादी पार्टी नेपालले वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन […]

ड्युटी नजाने चिकित्सक कारबाहीमा

भरतपुर, ३० असार । भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले कारबाही गरेको छ । ड्युटी समयमा अस्पतालमा अनुपस्थित रहेकाले उनीमाथि कारबाही गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डाक्टर ऋतुराज तिवारीलाई तत्कालै स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नआएपछि बुधबार निजको करार भङ्ग गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिए । […]

इच्छाकामनाका स्वास्थ्य संस्थाहरुमा अध्यक्ष गुरुङको छड्के अनुगमन

कुरिनटार, २९ असार । चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुको छड्के अनुगमन गरेको छ। नवनिर्वाचित अध्यक्ष गुरुङले आज गाउँपालिकाका वडा नं. ७ मा रहेको स्याङ्गदी आधारभुत स्वास्थ्य केन्द्र, वडा नं. ५ मा रहेको पामडाडाँ स्वास्थ्य चौकीको मुग्लिन सेवा केन्द्र र दारेचोक स्वास्थ्य चौकीमा छड्के अनुगमन गरेको हो। नागरिकहरुले गाउँपालिकाको […]

चितवनमा डिजिटल फोटोग्राफी तालिम हुने

भरतपुर, ३० असार । चितवनमा डिजिटल फोटोग्राफी तालिम हुने भएको छ । नव ज्ञान् लर्निङको आयोजनामा यहि साउन २ देखि ७ गतेसम्म तालिमको आयोजना हुन लागेको हो । आयोजकका अनुसार अनुसार फोटोग्राफीमा भविष्य बनाउन चाहेका व्यक्तिलाई सम्पुर्ण ज्ञान् दिइने हिसावले तालिमको आयोजना गरिएको जनाइएको छ । एकहप्ते तालिममा आउटडोर र इन्डोर सिकाइ दुबैलाई समेटिएको छ […]