इच्छाकामनाका स्वास्थ्य संस्थाहरुमा अध्यक्ष गुरुङको छड्के अनुगमन

कुरिनटार, २९ असार ।

चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुको छड्के अनुगमन गरेको छ। नवनिर्वाचित अध्यक्ष गुरुङले आज गाउँपालिकाका वडा नं. ७ मा रहेको स्याङ्गदी आधारभुत स्वास्थ्य केन्द्र, वडा नं. ५ मा रहेको पामडाडाँ स्वास्थ्य चौकीको मुग्लिन सेवा केन्द्र र दारेचोक स्वास्थ्य चौकीमा छड्के अनुगमन गरेको हो।

नागरिकहरुले गाउँपालिकाको स्वास्थ्य संस्थाहरुबाट के–कस्तो स्वास्थ्य सुविधाहरु पाईरहेका छन् सो बारे स्थलगत रुपमा अवस्था बुभ्mनका लागि स्वास्थ्य संस्थाहरुको अनुगमनमा पुगेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए। उनले भने –‘पालिकाका स्वास्थ्य संस्थाहरुको सेवाको अवस्था बुझेर थप व्यवस्थित पारी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कसरी सकिन्छ भन्ने अभिप्रायले अनुगमन गरेको हो ।’
अनुगमनका क्रममा केही स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरु नै नभेटिएको उनले बताए। इच्छाकामना ७ मा रहेको स्याङ्गदी आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत ३ अहेव मध्य १ जना मात्र भेटिएको, इच्छाकामना ५ मा रहेको पामडाडाँ स्वास्थ्यचौकीको विस्तारित सेवा केन्द्र मुग्लिनमा कार्यरत २ अहेव मध्य १ जना मात्रै भेटिएको र इच्छाकामना ४ कुरिनटारमा रहेको दारेचोक स्वास्थ्य चौकीमा केही स्वास्थ्कर्मी अनुपस्थित रहेको देखियो ।

अनुगमनका क्रममा स्वास्थ्य संस्थामा अनुपस्थित रहेका स्वास्थ्यकर्मीलाई फोन सम्पर्क मार्पmत तत्काल संस्थामा आउन र नियमित जनताको सेवामा लाग्न अध्यक्ष गुरुङले निर्देशन दिएका थिए।

यस्तै अनुगमनका क्रममा सरकारले निःशुल्क उपलब्ध गराउने भनेको झण्डै ७० प्रकारका औषधी मध्य इच्छाकामनाका स्वास्थ्य संस्थाहरुमा २२–२३ थरिका औषधी मात्र उपलब्ध भएको देखिएकोले आगामी दिनमा यो कुरालाई सुधार गरि गाउँपालिकाले बाँकी औषधीहरु खरिद गरि निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न तत्काल प्रक्रिया सुरु गर्ने उनले बताए।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट