स्रस्टाहरू रेशमलाल श्रेष्ठ र लक्ष्मण अर्याल सम्मानित

भरतपुर, २९ असार ।
चितवन जिल्लाका दुई जना प्रसिद्ध लेखक सम्मानित भएका छन् । स्रस्टाहरू रेशमलाल श्रेष्ठ र लक्ष्मण अर्याललाई भानुजयन्तीको अवसर पारेर सम्मान गरिएको हो ।

श्रस्टा श्रेष्ठ चिसाप प्रतिभा पुरस्कार- २०७९ बाट सम्मानित भएका हुन् । श्रेष्ठले १५ हजार ४५ रुपैयाँ नगद राशी र सम्मानपत्र प्राप्त गरे । त्यस्तै प्राध्यापक लक्ष्मण अर्याल चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार २०७९ बाट सम्मानित भए । अर्यालले ५० हजार ४५ रुपैयाँ नगद राशी र सम्मानपत्र प्राप्त गरे । दुबै स्रस्टालाई प्रमुख अतिथि गोविन्दराज विनोदी, चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाल र नारायणी कला मन्दिरका अध्यक्ष सुवीर श्रेष्ठले सम्मान गरेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट