घरबहाल उपभोक्ता मञ्चको स्थापना दिवसमा सामाजिक उत्तरदायित्व कार्यक्रम

भरतपुर, २९ असार । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको १२ औं स्थापना दिवस सामाजिक उत्तरदायित्व कार्यक्रम सहित शान्ति दीप प्रज्ज्वलन गरि मनाइएको छ । पहिलो कार्यक्रम अन्तर्गत देवघाट समाज कल्याण केन्द्र देवघाटधाममा आश्रित ज्येष्ठ नागरिकहरुलाई एक छाक खाना र दक्षिणा प्रदान गरिएको थियो । मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीको अध्यक्षता तथा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष […]

भरतपुर देशकै नमुना शहर बन्ने दिशामा अगाडि बढेको छ: मेयर दाहाल

चितवन,२९ असार। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर देशकै नमुना शहर बन्ने दिशामा अगाडि बढी सकेको बताएकी छिन् । उद्योग वाणिज्य संघ चितवनले बुधबार नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले नमुना शहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम अघि बढेकाले भरपतुर नमुना शहर बन्ने उल्लेख गरिन्। मेयर दाहालले भरतपुर शिक्षाको शहर, स्वास्थ्यको शहर, कृषिको […]

सिजी ल्याण्डमार्कमा कंगारु एजुकेसनको नयांँ कार्यालय स्थापना

भरतपुर, २९ असार । शैक्षिक परामर्श संस्था कंगारु एजुकेसन फाउण्डेसनले भरतपुरको सिजील्याण्डमार्कमा सुविधासम्पन्न कार्यालयको स्थापना गरेको छ । यसअघि फाउण्डेसनले लायन्सचोकबाट सेवा प्रदान गर्दै आएपनि नयांँ संरचना र सेवासहित ल्याण्डमार्कको तेस्रो तल्लाबाट सेवा शुरु गरेको हो । आज एक कार्यक्रमका बीच वाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले रिवन काटेर कार्यालयको उद्धघाटन गरे । […]

‘न्यायिक निकायबीच समन्वय हुनुपर्छ’

भरतपुर,२९ असार । महान्यायधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताउनुभएको छ । जिल्ला सरकारी वकिल कार्यालयको नवर्निमित भवनको आज समुद्घाटन समारोहमा उहाँले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताउनुभएको हो । सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरुपणमा समस्या आउने उहाँको भनाइ थियो । अहिले […]

अज्ञात रोगले अफगानिस्तानमा २० जना बालबालिकाको मृत्यु

लश्कर गाह, २९ असार । अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको मृत्यु भएको छ । बितेका दुई दिनमा बाघरान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम् संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक हाफिज रशिदले बताए । दूषित पानीका कारण उनीहरूको ज्यान गएको उनको अनुमान छ । बालबालिकासहित केही प्रभावितहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको […]

चिकित्सक नहुँदा सेवाग्रही मर्कामा

बलेवा, २९ असार। बागलुङका प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् । गलकोट प्राथमिक स्वास्थ्य केन्द्र र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामीलाई उपचार सेवा लिन समस्या भएको हो । हरेक पालिकामा नगर अस्पताल बनाउने सरकारी योजना छ । त्यो बाहेक तत्कालीन निर्वाचन क्षेत्रअनुसार एक निर्वाचन क्षेत्रमा एकएक वटा प्राथमिक स्वास्थ्य केन्द्र […]

गभर्नरबारे छानबिन गर्न माग

काठमाडौँ, २९ असार । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा […]

स्रस्टाहरू रेशमलाल श्रेष्ठ र लक्ष्मण अर्याल सम्मानित

भरतपुर, २९ असार । चितवन जिल्लाका दुई जना प्रसिद्ध लेखक सम्मानित भएका छन् । स्रस्टाहरू रेशमलाल श्रेष्ठ र लक्ष्मण अर्याललाई भानुजयन्तीको अवसर पारेर सम्मान गरिएको हो । श्रस्टा श्रेष्ठ चिसाप प्रतिभा पुरस्कार- २०७९ बाट सम्मानित भएका हुन् । श्रेष्ठले १५ हजार ४५ रुपैयाँ नगद राशी र सम्मानपत्र प्राप्त गरे । त्यस्तै प्राध्यापक लक्ष्मण अर्याल चिसाप […]

विमर्श र कवितावाचन गरेर मनाइयो गैँडाकोटमा भानुजयन्ती

गैँडाकोट, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती बुधबार गैँडाकोटमा साहित्यिक विमर्श र कवितावाचन गरेर मनाइएको छ । भानुपार्क निर्माण समितिको आयोजना र त्रिवेणी साहित्य प्रतिष्ठानको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गैँडाकोट नगरपालिका वडा नम्बर ८ का अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख मदनभक्त अधिकारी र विशिष्ट अतिथि नगरउपप्रमुख […]

प्रतिनिधिसभा: स्वास्थ्य उपचार नपाएकोमा चिन्ता

काठमाडौँ, २९ असार । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ । बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वास्थ्य बीमा गरेर पनि सो अनुरुप उपचार नपाएकोमा चिन्ता प्रकट गर्नुभएको हो । उहाँले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने पनि बताउनुभयो । उहाँले नेपाल राष्ट्र […]

चितवनमा औलोका बिरामी बढे

भरतपुर, २९ असार । जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन् । गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका अस्पतालहरुमा उपचारका क्रममा आएका बिरामीमध्ये ११ जनामा औलो रोग देखिएको थियो । तीमध्ये एकजना गैँडाकोट नगरपालिकाका रहेका छन् । स्वास्थ्य कार्यालयका औलो रोग […]

राष्ट्रपति गोटावाया राजापाक्षले देश छोडेर भागेपछि श्रीलंकामा संकटकाल घोषणा

एजेन्सीहरूको सहयोगमा श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षले पदबाट राजीनामा नदिई देश छोडेर भागेपछि त्यहाँ संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति राजापाक्षले बुधबार राजीनामा दिने बताइएको थियो । राजीनामा नदिई उनले देश छोडेर भागेपछि संकटकाल घोषणा गरिएको हो । चार दिनअघि श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारीले राष्ट्रपति भवन घेर्न अघि बढेपछि राजापाक्ष राष्ट्रपति भवनबाट भागेका थिए । राष्ट्रपति […]

आजबाट अनलाइन मतदाता नामावली संकलन हुँदै

काठमाडाैँ, २९ असार । आजबाट अनलाइन मतदाता नामावली संकलन हुँदैछ । निर्वाचन आयोगले आजबाट काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा अनलाइनबाट मतदाता नामावली संकलन गर्ने भएको हो । फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी तयारी गरिएको आयोगले जनाएको छ ।