गैँडाकोट, २९ असार ।
आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती बुधबार गैँडाकोटमा साहित्यिक विमर्श र कवितावाचन गरेर मनाइएको छ । भानुपार्क निर्माण समितिको आयोजना र त्रिवेणी साहित्य प्रतिष्ठानको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
गैँडाकोट नगरपालिका वडा नम्बर ८ का अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख मदनभक्त अधिकारी र विशिष्ट अतिथि नगरउपप्रमुख शान्ति कोइराला थिइन् । नगरको साहित्य, कला र सँस्कृतिको विकासमा नगरपालिकाको साथ र सहयोग रहने उपप्रमुख कोइरालाले बताइन् । कार्यक्रममा त्रिवेणी साहित्य प्रतिष्ठानका कार्यवाहक अध्यक्ष भीम शर्मा, सहमतिका पूर्वअध्यक्ष करुणासागर सुवेदीलगायतले शुभकामना मन्तव्य दिएका थिए । तारानाथ सुवेदीले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ कवि एवं विशिष्ट अतिथि गोविन्दराज विनोदी, कविहरु मुना धनञ्जय, उदयनाथ रेग्मी, टंकराज ढकाल, रामहरि शर्मा, गोविन्द कोइराला र धर्मानन्द पौडेलले कवितावाचन गरेका थिए ।





