स्वास्थ्य बीमाको सम्पर्क कार्यालयमा तालाबन्दी

कावासोती, २७ असार ।
नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमाको जिल्ला सम्पर्क कार्यालयमा तालाबन्दी गरिएको छ । पूर्वीनवलपरासीका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् ।

सोमबार कावासोतीस्थित जिल्ला सम्पर्क कार्यालय पुगेका बीमा दर्ता समूहको टोलीले जिल्ला प्रमुख जायश्वर भुसाललाई ज्ञापनपत्र बुझाएलगतै कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बीमा दर्ता सहयोगीहरुले गत २०७८ देखिको पारिश्रमिक नपाएको, बीमितहरुलाई स्वास्थ्य सेवा प्रदायाक संस्थाहरुले सम्मानजनक व्यवहार नगरेको, बीमाले समेटेको औषधि र गुणस्तरीय उपचारमा ध्यान नदिएको, केन्द्रीय बीमा बोर्डले समयमै सेवा प्रदायक संस्थालाई भुक्तानी नदिएको, स्वास्थ्य सेवा प्रदायक संस्थामा बीमा सहायता कक्ष स्थापना नगरिएको भन्दै जिल्ला सम्पर्क कार्यालयमा तालबन्दी गरेका हुन् ।

स्वास्थ्य बीमा दर्ता सहयोगीले २०७८ भदौ चक्रको कमिसन आजको मितिले ३ दिनभित्र , २०७९ जेठ चक्रको कमिसन ७ दिनभित्र र अबदेखि हरेक चक्र सुरु भएको मितिले १५ दिनभित्र जुनसुकै हालतमा आफ्नो पारिश्रमिक पाउनुपर्ने माग समेत राखेका छन् ।

नवलपरासी पूर्वमा २०७७ साल फागुन ९ गतेबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा करिव १ लाख जनसंख्या आवद्ध भैसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट