यस्तो थियो श्रीलंकामा राजापाक्षे परिवारको रजाइँ : दाइ प्रधानमन्त्री, भाइ राष्ट्रपति, मन्त्री थिए अरु दुई भाइ

एजेन्सीहरूको सहयोगमा 
नेतृत्वमा रहेको व्यक्तिले पारिवारिक स्वार्थलाई राष्ट्रभन्दा माथि राख्दा देश कस्तो हुन्छ ? यसको गतिलो उदाहरण हो श्रीलंकामा देखिएको आर्थिक संकट । सन् १९४८ मा बेलायतको उपनिवेशिक शासनबाट स्वतन्त्र भएको निर्वाचनमा डोन एल्भिन राजापाक्षेले विजयी भए ।

उनी निर्वाचनमा विजयी हुनुपछाडि अर्को कथा छ, डोन एल्भिनका भाइ डोन म्याथ्यु राजापाक्षे। म्याथ्यु पूर्णकालीन राजनीतिमा थिए । देश स्वतन्त्र हुनुपूर्व भएको राज्य परिषद्को निर्वाचनमा उनी विजयी भएका थिए । त्यो निर्वाचमा एल्भिनले भाइलाई सहयोग गरे पनि उनी भने राजनीतिमा सक्रिय थिएनन् ।

एक घटनामा सन् १९४५ मा म्याथ्युको निधन भयो। आफ्नो क्षेत्रमा राम्रो पकड भएका म्याथ्युको निधनले कार्यकतामा असर गर्‍यो । भाइको राजनीतिक विरासत सम्हाल्न आएका थिए एल्भिन राजापाक्षे । यिनै राजापाक्षेको परिवार आज श्रीलंकाको राजनीतिको केन्द्रमा छ ।

डोन एल्भिन श्रीलंकाको राजनीतिमा अघि बढ्दै गर्दा उनी संलग्न युनाइटेड नेशनल पार्टीमा एक साथी थिए, सर सोलोमन डायस अबेविक्रम जयतिल्लेके सेनेविरत्न राजकुमारुना कडुकेरालु बन्दरनायके । बन्दरनायकेलाई श्रीलंकाको पहिलो प्रधानमन्त्रीका रूपमा हेरिएको थियो । यद्यपि, राजनीतिक खिचातानीका कारण उनी त्यो दौडबाट केही पर पुगे । दौडमा पछि परे पनि उनको इच्छा भने मरेको थिएन । बन्दरनायके पार्टीको नीतिमा असन्तुष्ट हुन थाल्दै थियो यो समयमा ।

जुलाई १९५१ मा उनी आफ्ना समर्थकसहित विपक्षीको कुर्सीमा बसे । योसँगै उनले युनाइटेड नेशनल पार्टी परित्याग गरे र नयाँ पार्टीको नाम राखे श्रीलंका फ्रिडम पार्टी । उनलाई डोन एल्भिन राजापाक्षेले साथ दिएका थिए । सन् १९५६ को निर्वाचनमा सफलता प्राप्त गर्दै पार्टी पहिलो पार्टी भन्यो । बन्दरनायकेको नेतृत्वमा सरकार सञ्चालन हुँदै थियो । २५ सेप्टेम्बर १९५९ को दिन एक बौद्ध भिक्षुको भेषमा आएको व्यक्तिले गोली हानी उनको हत्या गर्‍यो।

सोलोमन बन्दरनायकेको निधनपछि पार्टी अध्यक्षसहित प्रधानमन्त्रीको पद खाली थियो । डोन एल्भिनलाई उक्त पदमा बस्ने अवसर आएको थियो तर अन्तिम घडीमा सोलोमनकी पत्नी श्रीमा रतबत्ते डायस बन्दरनायकेले आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा अगाडी बढाइन् । पार्टी र सरकार दुवैको नेतृत्वमा श्रीमाको हातमा आयो । उनी विश्वको पहिलो महिला प्रधानमन्त्री समेत हुन् ।

डोन एल्भिन राजनीतिमा खासै अगाडि बढ्न सकेनन् । सन् १९६५ मा निर्वाचनमा उनी पराजित भए । त्यसको दुई वर्षपछि उनको निधन भयो । एल्भिनका ९ सन्तान थिए । उनकै सन्तान गोटावाया राजापाक्षे हाल देशको राष्ट्रपति छन् ।

प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जामा लिँदै गर्दा भागेर नौसेनाको शरणमा पुगेका उनले आउँदो बुधबार पदबाट राजीनामा दिने बताइएको छ । राष्ट्रपति गोटावायाको राजीनामा आउने साभमुखले दाबी गरेका थिए । राष्ट्रपतिले पनि आफूले राजीनामा दिने बताएका छन् । राष्ट्रपति भवन घेर्न ट्याम्पल ट्रि पुगेका प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् ।

राष्ट्रपति भवनबाट ठूलो परिणामका नगद भेटिएको समाचार आएको छ भने प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा नआएसम्म भवन नछोड्ने बताएका थिए । यसअघि केही महीनाअघि भएको प्रदर्शनपछि उनका तत्कालिन प्रधानमन्त्री महिन्द्रा राजापाक्षे पनि भागेर नौसेनाको शरणमा पुगेका थिए । पिताको निधनलगत्तै १९७० को दशकबाट महिन्द्रा राजनीतिमा सक्रिय हुँदा गोटावाय भने सेनामा भर्ती भए ।

सन् १९९४ मा श्रीमाले श्रीलंका फ्रिडम पार्टीको नेतृत्व आफ्नो छोरी चन्द्रिका कुमारातुंगालाई दिइन् । १९९४ देखि २००५ सम्म चन्द्रिका देशको राष्ट्रपति रहिन् । चन्द्रिका देशको राष्ट्रपति हुँदा महिन्द्रा मन्त्रिपरिषद्का विभिन्न भूमिकामा थिए । सन् २००५ मा चन्द्रिकाले राजनीति परित्याग गर्ने घोषणा गरिन्, घोषणा महिन्द्राका लागि ठूलो अवसर थियो । महिन्द्राले भाइ गोटावायाको सहयोगमा निर्वाचित भए । सन् १९९१ मा सेनाको जागिरबाट अवकास प्राप्त गरेपछि गोटावाया अमेरिकामा बस्दै आएका थिए। दाई महिन्द्रा राष्ट्रपतिमा हुँदा भाइ गोटावाया रक्षामन्त्री भए ।

यो सयममा श्रीलंका गृहयुद्धको चरम अवस्थामा थियो । सन् २००९ सम्म आउँदा त्यो अन्त्य भयो। गृहयुद्धको अन्त्यसँगै युद्धको न्यायिक छानबिनको माग उठेको थियो । त्यसलाई अस्वीकार गरेका राजापाक्षे दाजुभाइले राज्यका विभिन्न निकायमा भने परिवारका व्यक्तिलाई नियुक्त गर्दै गए । समय यस्तो पनि थियो कि अप्रिलअघिसम्म राजापाक्षे परिवारका करीब ४० सदस्य सरकारका विभिन्न तहमा थिए । यो परिवारले राष्ट्रिय ढुकुटीलाई परिवारको हितमा खर्च गरेको आरोप छ। जनताले हाल श्रीलंकाले व्यर्होनु परेको आर्थिक संकटका पछाडी राजापाक्षे परिवारको हात रहेको आरोप लगाउँछन् ।

सन् २०१५ मा तेस्रो पटक राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्दै गरेका महिन्दा राजापाक्षे परिवारवाद, बढ्दो भष्टचारलगायतको मुद्दाको सामना गर्न नसक्दा पराजित भए । मत्रिपाल श्रीसेना देशका राष्ट्रपति भए । श्रीसेना महिन्द्राको मन्त्रिपरिषद्मा रहेका काम गरेका व्यक्ति थिए जसले पछि आफ्नो छुट्टै राजनीतिक पार्टीको स्थापना गरे । श्रीसेना सरकारले राजापाक्षे परिवारका सदस्यविरुद्ध भष्ट्राचारलगायतमा मुद्दा चलाउने निर्णय गर्दा राजापाक्षे परिवारका धेरै सदस्य विदेश भागेका थिए ।

निर्वाचनमा पराजित भए पनि राजापाक्षे परिवार सत्ताको सुखबाट धेरै समय टाढा रहनु परेन । संवैधानिक संटकका कारण श्रीसेनाले विपक्षी दलका नेता महिन्द्रालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्‍यो । यद्यपि, उनको नियुक्तिलाई अदालतले अवैधानिक ठहर गरेपछि उनले प्रधानमन्त्रीको कुर्सी छोड्नुपर्‍यो ।

सन् २०१९ को राष्ट्रपतीय निर्वाचनमा महिन्द्रा राजापाक्षे राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न पाएनन् । कारण श्रीसेना सरकारले एक व्यक्ति राष्ट्रपतिमा दुई कार्यकालभन्दा बढी हुन नपाउने नियम लगाएको थियो । राजापाक्षे परिवारले अर्को बाटो निकाल्यो । गोटावाय राजापाक्षे राष्ट्रपतिको उम्मेदवार भए र निर्वाचनमा विजय हासिल गर्दा दाई महिन्द्रा देशको प्रधानमन्त्री नियुक्त भए । गोटावाया र महिन्द्राका अलावा उनीहरूका दुई भाइ पनि मन्त्री थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट