देवचुली-७ को स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

देवचुली, २३ असार ।
देवचुली नगरपालिका वडा नम्बर ७ मा रहेको देवचुली स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । देवचुली नगरपालिकाको सहयोगमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण लेखाजोखा कार्यक्रमअन्तर्गत विभिन्न सुचकहरु पूरा गरि देवचुली स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था तथा वडा नम्बर ७ लाई पोषणमैत्री वडा घोषणा गरिएको हो ।

स्वास्थ्य संस्था तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् देवचुली वडा नम्बर ७ का अध्यक्ष भूमिसरा आलेको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरि देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, देवचुली ७, ८, ९ का वडाअध्यक्षहरु, देवचुली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामकुमार श्रेष्ठलगायत सरोकारवालाको उपस्तिथिमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

देवचुली स्वास्थ्य चौकीले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा पूर्व देवचुली वडा नम्बर ७ भित्रका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, टोल सुधार समितिका पदाधिकारी, स्थानीय क्लबका प्रतिनिधि, सुनौला हजार दिनका आमा र बच्चाहरुको तालिम संचालन गरेको, वडा नम्बर ७ लाई ५ वटा टोलमा विभाजन गरि ५ वर्षमुनिका बालबालिकाहरुको पोषण लेखाजोखा गरिएको देवचुली स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट देवीप्रसाद भुसालले जानकारी दिए । भुसालका अनुसार २५० जना बालबालिकाको उचाई, लम्बाई, पाखुराको गोलाई, तौलको अनुगमन गरि पोषण लेखाजोखा गरिएकोमा ६ जनाको पोषणको स्थिति कमजोर देखिएको र हाल उपचारपछि पोषण स्थिति सामान्य रहेको बताए ।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्नका लागि आवश्यक सम्पूर्ण सुचाङ्क पूरागरि आज घोषणा कार्यक्रम राखिएको देवचुली स्वास्थ्य चौकीका प्रमुख लीलाप्रसाद काफ्लेले बताए । सो कार्यक्रमको सहजीकरण देवचुली स्वास्थ्य चौकीका राजेन्द्र रिजालले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट