जोरकुसुम पार्कमा वृक्षारोपण

भरतपुर, २१ असार ।
भरतपुर- १ नारायणी किनारमा रहेको जोरकुसुम पार्कमा वृक्षारोपण गरिएको छ । रोट्र्याक्ट क्लब अफ भरतपुर र लायन्स क्लब अफ नारायणगढ बालकुमारीले संयुक्तरुपमा वृक्षरोपण कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा जोरकुसुम पार्कका निर्माण संयोजक मदनलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।

औषधीय गुण भएका अमला, निम, हर्रो, बर्रोका बिरुवा, फलफूलमा कागती, आँप, लिची र कल्कीका बिरुवाहरु रोपिएको थियो । रोट्र्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष स्वरुप तिवारीले उक्त कार्यक्रमको अध्यक्षता गरेको थिए ।कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष रामचन्द्र सापकोटाले बिरुवा रोपेर मात्रै नहुने भएकाले पार्कलाई व्यवस्थित गर्न समितिले वृहत गुरु योजना ल्याउनुपर्ने र सोही गुरु योजना अनुसार सामाजिक संस्थाहरुलाई दीर्घकालिन वा अल्पकालिन सौन्दर्यका काम जिम्मा लगाए मात्र पार्क व्यवस्थित गर्न सकिने कुरा व्यक्त गरेका थिए ।

रोटर्याक्ट क्लब अफ भरतपुरका पुर्व अध्यक्ष मन्दिपमान श्रेष्ठले जोर कुसुमजस्ता पार्कहरुमा प्लाष्टिकजन्य फोहोर बढेको र यसले पर्यावरणमा पुर्‍याउने असरलाई दृष्टिगत गर्दै यसतर्फ पनि पार्क समितिले उचित नीति नियम लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

वृक्षारोपण कार्यक्रममा कुल ३०० बिरुवा रोप्ने लक्ष्य भएता पनि जम्मा ५० बिरुवा रोपिएको र बाँकी बिरुवा पार्क निर्माण समितिले लिने नीति बमोजिम सरसफाइ र संरक्षणको प्रबन्ध मिलाउने गरी निरन्तरता दिने प्रतिबद्धता सहित सम्पन्न गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library