किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ सार्वजनिक

काठमाडौँ, २१ असार । पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक अन्ट्रान्सलेटेबल अब अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा पनि उपलब्ध रहेको छ । पुस्तकको हार्डकभर […]

जोरकुसुम पार्कमा वृक्षारोपण

भरतपुर, २१ असार । भरतपुर- १ नारायणी किनारमा रहेको जोरकुसुम पार्कमा वृक्षारोपण गरिएको छ । रोट्र्याक्ट क्लब अफ भरतपुर र लायन्स क्लब अफ नारायणगढ बालकुमारीले संयुक्तरुपमा वृक्षरोपण कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा जोरकुसुम पार्कका निर्माण संयोजक मदनलाल श्रेष्ठको उपस्थिति रहेको थियो । औषधीय गुण भएका अमला, निम, हर्रो, बर्रोका बिरुवा, फलफूलमा कागती, आँप, लिची […]

दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर मात्र इन्धन दिन प्रस्ताव

भरतपुर, २१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको हो । निगमले मोटरसाइकललाई एक पटकमा बढीमा पाँच लिटर र कार तथा जीपलगायत साना सवारीसधानलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने प्रबन्ध मिलाउन […]

नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघको केन्द्रीय सदस्यमा गैंडाकोटका रिमाल चयन

गैंडाकोट, २१ असार । नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघको संचालक समितिको सदस्यमा गैंडाकोटका गोविन्द रिमाल चयन भएका छन् । काठमाडौंमा सम्पन्न १९औं वार्षिक साधारणसभाबाट केन्द्रीय सदस्य पदमा रिमाल निर्वाचित भएका हुन् । साधारणसभाले टेकप्रसाद चौलागाईं अध्यक्ष रहनेगरी नयाँ समिति निर्माण गरेको हो । नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ देशभरका उपभोक्ता सहकारीको छाता संगठन हो । […]