गैंडाकोट, २१ असार ।
नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघको संचालक समितिको सदस्यमा गैंडाकोटका गोविन्द रिमाल चयन भएका छन् ।
काठमाडौंमा सम्पन्न १९औं वार्षिक साधारणसभाबाट केन्द्रीय सदस्य पदमा रिमाल निर्वाचित भएका हुन् । साधारणसभाले टेकप्रसाद चौलागाईं अध्यक्ष रहनेगरी नयाँ समिति निर्माण गरेको हो ।
नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ देशभरका उपभोक्ता सहकारीको छाता संगठन हो । रिमाल विकू वचत तथा ऋण सहकारीका निवर्तमान सचिव र विजयश्री उपभोक्ता सहकारी संस्थाका उपाध्यक्ष हुन् ।





