पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

भरतपुर, २० असार ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर नौ रुपैयाँ साथै हवाई इन्धन (आन्तरिकतर्फ)मा प्रति लिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।

अब पेट्रोल प्रतिलिटर १८१, डिजेल र मट्टितेल १७२ र हवाइ इन्धन १९० पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर १७९, डिजेल र मट्टितेल १६३ र हवाइ इन्धनको मूल्य १८५ थियो ।

निगमले पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको हुँदा खरिद भुक्तानी गर्न नसकेकोले बक्यौता समेत बढ्दै गई आगामी असार २४ सम्म ३० अर्ब पुग्न जाने भएकाले आर्थिक संकट कम गर्न मूल्यवृद्धि गर्नुपरेको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट