पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

भरतपुर, २० असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर नौ रुपैयाँ साथै हवाई इन्धन (आन्तरिकतर्फ)मा प्रति लिटर पाँच रुपैयाँ वृद्धि गरेको हो । अब पेट्रोल प्रतिलिटर १८१, डिजेल र मट्टितेल १७२ र हवाइ इन्धन […]

अन्तरविद्यालय पौडी प्रतियोगितामा अङ्कुरम्का विद्यार्थीको उत्कृष्ट प्रर्दशन, १२ मध्ये ७ पदक जित्न सफल

भरतपुर, २० असार । अन्तरविद्यालय पौडी प्रतियोगितामा भरतपुरको अङ्कुरम् एकेडेमी प्रथम भएको छ । निजि विद्यालयहरुको छाता संगठन भरतपुर इङलिस स्कुल एसोसिएसन (बेस) ले आयोजना गरेको प्रतियोगितामा सात पदक जित्दै अङ्कुरम् प्रथम भएको हो । अङ्कुरम्ले तीन स्वर्ण, दुई रजत र एक कास्य पदक हात पार्‍यो । २५ मिटर पौडीमा छात्रातर्फ अङ्कुरम् एकेडेमीका डेजी गुरुङले […]

देवचुलीमा ट्याक्टर जोताईको मूल्य निर्धारण

देवचुली, २० असार । देवचुली नगरपालिकाले ट्याक्टरको जोताई प्रतिघण्टा २ हजार २ सय रुपैयाँ कायम गरेको छ । देवचुली नगरपालिकाको सभाहलमा गत असार ७ गते ट्याक्टर व्यवसायी संघका पदाधिकारी, किसान र नगरपालिकाबीच त्रिपक्षीय छलफलबाट कल्टी हाईरोद्वारा जोताईको प्रतिघण्टा २ हजार ५ सय र रोलाभेटरको प्रतिघण्टा २ हजार ६ सय कायम गरिएको थियो । सो समयमा […]

युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन ‘रोजगार मेला’ हुने

भरतपुर, २० असार । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने भएको छ । यहि असार २२ र २३ गते हुने २ दिने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाललगायतका १ दर्जन संघ संस्थाको आयोजनामा हुन […]

काठमाडौँस्थित भारतीय दूतावासका सुरक्षागार्डले आफैलाई गोली हानी आत्महत्या

काठमाडौँ, २० असार । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासको कार्यालयभित्र ड्युटीमा रहेका सुरक्षागार्डले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । दूतावासको सुरक्षाका लागि खटिएका निजी सुरक्षा गार्ड भारतीय नागरिक ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको राइफल प्रयोग गरेर आत्महत्या गरेका हुन् । सिंहले आफूसँग रहेको इन्सास राइफलबाट आफैँलाई गोली प्रहार गरेका समाचार स्रोतले जनाएको छ । […]

सुकुम्बासीलाई लालपूर्जा दिने कामबारे मेयर रेनु दाहालको चासो

भरतपुर, २० असार । भूमिहिनलाई जग्गा दिने काम र वर्तमान अवस्थाबारे भरतपुर महानगर प्रमुख रेनु दाहालको चासो दिएकी छन् । भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडामा राष्ट्रिय भूमि आयोग चितवनले गरिरहेको कार्य सम्पादनबारे मेयर दाहालले आयोगका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीसँग चासो राखेकी हुन् । आयोगले अहिले गरिरहेको कामबारे आयोगका अध्यक्ष बद्री तिमल्सिनाले उपस्थित जनप्रतिनिधिहरुलाई ब्रिफिङ […]

सरुवा रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण तालिम

देवचुली, २० असार । देवचुलीमा सरुवा रोगहरुको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जनप्रतिनिधि, टोल विकास संस्था तथा सरोकारवालाहरुका लागि कोरोना, डेंगुलगायत सरुवा रोगहरुको रोकथाम र नियन्त्रणका लागि आईतबार १ दिने अभिमुखीकरण तालिम गरिएको हो । गर्मीको समयमा विभिन्न सरुवा रोगहरु फैलिनसक्ने भएकाले सोको रोकथाम र […]