काठमाडौँस्थित भारतीय दूतावासका सुरक्षागार्डले आफैलाई गोली हानी आत्महत्या

काठमाडौँ, २० असार ।
काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासको कार्यालयभित्र ड्युटीमा रहेका सुरक्षागार्डले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।

दूतावासको सुरक्षाका लागि खटिएका निजी सुरक्षा गार्ड भारतीय नागरिक ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको राइफल प्रयोग गरेर आत्महत्या गरेका हुन् ।

सिंहले आफूसँग रहेको इन्सास राइफलबाट आफैँलाई गोली प्रहार गरेका समाचार स्रोतले जनाएको छ । सिंहको घटनास्थलमै मृत्यु भएको छ । सिंहको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

घटनाबारे दूतावासले नेपाल प्रहरीलाई जानकारी दिए पनि शवको व्यवस्थापन आफैँ गर्ने बताएको छ । नेपाल प्रहरीका अधिकारीहरुले घटनाबारे विस्तृत जानकारी लिन दूतावास जान सकेका छैनन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट