सुकुम्बासीलाई लालपूर्जा दिने कामबारे मेयर रेनु दाहालको चासो

भरतपुर, २० असार ।
भूमिहिनलाई जग्गा दिने काम र वर्तमान अवस्थाबारे भरतपुर महानगर प्रमुख रेनु दाहालको चासो दिएकी छन् ।

भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडामा राष्ट्रिय भूमि आयोग चितवनले गरिरहेको कार्य सम्पादनबारे मेयर दाहालले आयोगका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीसँग चासो राखेकी हुन् ।

आयोगले अहिले गरिरहेको कामबारे आयोगका अध्यक्ष बद्री तिमल्सिनाले उपस्थित जनप्रतिनिधिहरुलाई ब्रिफिङ गरेका थिए । आयोगका अध्यक्ष तिमल्सिनाले केही स्थानमा काम गर्न असहज भएकाले केही यन्त्र तथा उपकरण उपलब्ध गराउन स्थानीय निकायसँग पहल थालिएको जानकारी दिए । आयोगले अहिले ड्रोन र टोटल स्टेशनको कमी भएको बताएको छ । यो यन्त्र उपकरण खरिद गर्न आयोगले जिल्लाका ७ वटा स्थानीय निकायसँग बजेटको माग पनि गरेको छ ।

भरतपुर महानगरपालिकाले स्थानीय तहको निर्वाचन अगाडि महानगरभित्र रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, निस्सा दिने काम सम्पन्न गरिसकेको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले संघीय निर्वाचनअघि भूमिहिनलाई लालपुर्जा दिने गरी कार्य अघि बढाउन आयोग र वडा अध्यक्षहरुलाई आग्रह गरे ।

निर्वाचन आचारसंहिताका कारण यो काम केहीसम्म रोकिन पुगेकाले पहिले जुन गतिमा काम भएको थियो, त्यही गतिमा फेरि काम बढाउनु पर्ने मेयर दाहालको भनाई थियो ।

निर्वाचनले ब्रेक लागेको भए फेरि निरन्तरतामा गई तीब्र गतिमा जग्गा दिने काममा लाग्न मेयर दाहालले सरोकारावालाई अनुरोध गरिन् ।
‘निर्वाचनमा तपाई हामीले भूमिहिनलाई जग्गा दिने प्रतिवद्धता जनाएका छौँ, दाहालले भनिन्- ‘यो काममा हातेमालो गरेर सुकुम्बासीलाई जग्गा दिने काममा केन्द्रीत हुन आग्रह गर्छु । वडा अध्यक्षहरुले आयोगसँग समन्वय गरी आफ्नो बाचा पुरा गर्नुहोस् ।’

मेयर दाहालले विगतमा भरतपुर २ का भूमिहिन दलितलाई लालपुर्जा दिने काम भईसकेको र अब असार मसान्तभित्र भूमिहिन सुकुम्बासीलाई लालपुर्जा प्रदान गरिने जानकारी दिइन् । पाँच वर्षभित्र भरतपुरमा अहिले लगत संकलन भएका सुकुम्बासीले लालपुर्जा पाउने पनि दाबी गरिन् ।

भरतपुर महानगरले संकलन गरेको तथ्याङक अनुसार महानगरभित्र १० हजार बढी सुकुम्बासी रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट