अन्तरविद्यालय पौडी प्रतियोगितामा अङ्कुरम्का विद्यार्थीको उत्कृष्ट प्रर्दशन, १२ मध्ये ७ पदक जित्न सफल

भरतपुर, २० असार ।
अन्तरविद्यालय पौडी प्रतियोगितामा भरतपुरको अङ्कुरम् एकेडेमी प्रथम भएको छ । निजि विद्यालयहरुको छाता संगठन भरतपुर इङलिस स्कुल एसोसिएसन (बेस) ले आयोजना गरेको प्रतियोगितामा सात पदक जित्दै अङ्कुरम् प्रथम भएको हो ।

अङ्कुरम्ले तीन स्वर्ण, दुई रजत र एक कास्य पदक हात पार्‍यो । २५ मिटर पौडीमा छात्रातर्फ अङ्कुरम् एकेडेमीका डेजी गुरुङले प्रथम स्थान हासिल गरिन् । अङ्कुरम् एकेडेमीकै कल्की काफ्ले द्धितीय र बालकुमारी इङलिस स्कुलकी सुरभी श्रेष्ठ तृतीय हुन सफल भए ।

यस्तै छात्रतर्फ अङ्कुरम्का कुनाल श्रेष्ठ प्रथम, ग्लोरियस एकेडेमीका पवन गुरुङ द्वितीय र प्रेरणा स्कुलका समर श्रेष्ठ तृतीय भए ।

यस्तै साढे १२ मिटरमा छात्रातर्फ भविता ढकाल प्रथम, आर्याना डियो द्वितीय र आर्शिया खनाल तृतीय भए । यि तिनैजना अङ्कुरम् एकेडेमीका विद्यार्थी हुन् । छात्रतर्फ नवयुग इङलिस स्कुलका रोचक नेपाली प्रथम, अंकुरम एकेडेमीका प्रमित अर्याल द्वितीय, गुरुकुल सेकेन्डरी स्कुलका आयुस भुजेलले तृतीय स्थान हात पारे ।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीले साढे १२ मिटर र ६ देखि १० कक्षाका विद्यार्थीले २५ मिटरमा स्पर्धा गरेका थिए । प्रतियोगितामा २५ विद्यालयका ७२ जना विद्यार्थीले भाग लिएका थिए । विद्यार्थीहरुलाई जीवनोपयोगी सीप सिकाउने उद्धे्रश्यका साथ बेसले कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमलाई अङ्कुरम्ले सहयोग गरेको थियो ।

अंकुरममा नै भएको कार्यक्रमको उद्घाटन सत्रमा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एवं सामाजिक समन्वय समितिका संयोजक परमेश्वर खनाल प्रमुख अतिथि रहेका थिए । उनले हरेक विषयबस्तुमा प्रयोगात्मक रुपमै फिल्डमै विद्यार्थी लगेर व्यवहारिक ज्ञान दिँदै आएको अङ्कुरम्को प्रसंसा गरे । अङ्कुरम्को पढाउने शैली र विभिन्न समयमा गरिने अतिरिक्त क्रियाकलापले विद्यार्थीको बौद्धिक र शारिरिक विकासमा थप मद्धत पुग्ने उनको भनाई थियो ।

बेसका अध्यक्ष इन्द्रेश शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मेट्रो प्याब्सन भरतपुर महानगरपालिकाको अध्यक्ष लेखनाथ खनाल, अङ्कुरम्का कार्यकारी निर्देशक नवराज पौडेल, प्राचार्य सुमन पौडेललगायतको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट