भरतपुरका बालगृह मापदण्ड विपरित सञ्चालनमा, सुधार नगरे कारबाहीको चेतावनी

भरतपुर,१९ असार ।

भरतपुरमा सञ्चालित बालगृह मापदण्ड विपरीत सञ्चालन भइराखेको पाइएको छ ।

भरतपुरका विभिन्न वडामा रहेका बालगृहहरुको आइतबार सरोकारवाला निकायले गरेको अनुगमन तथा निरीक्षणका क्रममा मापदण्ड बिपरित सन्चालनमा आएको पाइएको हो ।

भरतपुर –२१ मा रहेको एभरेष्ट लनिङ एकेडेमी र भरतपुर –२३ मा रहेको आशा अनाथालय नेपाल र टिनाज मेमोरल गार्डेर्न निको होमले मापदण्ड पुरा नगरि बालबालिकालाई राखेको पाइएको भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए ।‘अनुगमनका क्रममा कुनै कुनै बालगृह मापदण्ड नपुगी सन्चालनमा आएको पाइएकोले सुधार गर्न निर्देशन दिएका छौ ।’ उपप्रमुख अधिकारीले भने, ‘खाना राख्ने भाडो, ओछ्यान , भौतिक संरचना लगायतका विषयहरुमा सुधार गर्ने निर्देशन दिएका छौ ।’

भरतपुर –२१ मा रहेको एभरेस्ट लनिङ एकेडमीको संरक्षणमा हाल १३ जना बालबालिका रहेका छन् । उनीहरु चितवन,तनहुँ, रसुवा, बागलुङ र गोरखा जिल्लाबाट आएका हुन । यस्तै भरतपुर –२३ मा रहेको आशा अनाथालय नेपालमा एक सय ४८ जना बच्चाहरु आश्रित छन् । २०५६ सालमा कोरियन नागरिकको सहयोगमा सो बालगृह सन्चालनमा आएको हो ।

भरतपुर महानगरका उपसचिव सुकदेव लम्सालले बालगृहलाई एकपटक सुधारको मौका दिइएपनि निर्देशन पालाना नगरे कारबाही गर्ने चेतावनी दिए ।
‘अनुगमनका क्रममा आशा अनाथालयमा धेरै कुराको सुधार गर्नुपर्ने देखिएको छ । टिनाज मेमोरल गार्डेर्न निको होम मापदण्ड बिपरित सन्चालनमा आएको भेटिएको छ ।’ उनले चेतावनी दिदै भने, ‘एक पटकलाइ सुधार गर्ने मौका दिएका छौ । फेरि यस्तो घटना दोहो¥याए कारबाही हुन्छ ।’

एक बालगृहले कानुनी प्रक्रिया नपुर्याएका पाइएको साहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माले बताए । ‘१४ जना बालिका र ६ जना बालक गरि जम्मा २० जना बालबालिलाई सरक्षण दिएको निको बालगृह कानुनी प्रक्रिया पूरा नगरी सन्चालनमा आएको देखिएको छ । हामीले कानुन सम्मत प्रक्रिया पूरा गरेर आउनुस भनेका छौ’ सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने,‘अर्को पटक आउदा प्रक्रिया पूरा नगरेको पाइए प्रशासन कानुन अनुसार अगाडि बढन बाध्य हुने छौ ।’
बालगृह सन्चालन गर्न भौतिक संरचना, खानपान, सरसफाइ, खेलमैदान, स्वास्थ्य परिक्षण लगायतका विभीन्न मापदण्डहरु पूरा गर्नुपर्ने उनले बताए ।

अनुगमनको क्रममा बालगृहमा प्रयोग गरिएका सामाग्रीहरु गुणस्तरिय नभएको, सरसफाइमा बिशेष ध्यान लगायतका मापदण्ड नपुर्याइएको पाइएको महानगर स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले जानकारी दिइन् । नेपालमा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको शक्ति समूह ब्यबस्थापन समितिका सदस्य तथा अधिबक्ता दिलिप कोइराला बताउँछन् । शक्ति समूह बाल सरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको सस्था हो । कोइरालाका अनुसार नेपालमा रहेका ४ सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जसमध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् ।

 

अनुगमनमा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी सहित सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा,भरतपुर १० का वडा अध्यक्ष तथा सामाजिक बिकास समिति सयोजक परमेश्वर खनाल, भरतपुर–२३ का वडाअध्यक्ष दिपक दवाडी, महानगर उपसचिब सुकदेब लम्साल, स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, प्रहरी नायब निरीक्षक हसिना गिरि लगायतको सयुक्त टोलिले अनुगमन तथा निरीक्षण गरेको हो ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट