देवचुली नगरपालिकाद्वारा विभिन्न विधामा विद्यालय तथा विद्यार्थीलाई सम्मान

देवचुली, १९ असार ।
देवचुली नगरपालिकाले नगरभित्रका विद्यालय तथा विद्यार्थीहरुलाई विभिन्न विधामा सम्मान गरेको छ ।

देवचुली नगरपालिकाको आयोजनामा शैक्षिक सत्र २०७८ मा नगरस्तरीय परीक्षामा उत्कृष्ट विद्यार्थी ,विद्यालय तथा नगरस्तरीय अन्तरविद्यालय अतिरिक्त कार्यक्रमका उत्कृष्ट विद्यार्थीहरूलाई नगरपालिकाको सभाहलमा शनिबार सम्मान गरिएको हो ।

कक्षा ८ को आधारभूत तह उतीर्ण परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयतर्फ नेपाल माध्यमिक विद्यालय तथा संस्थागत विद्यालयतर्फ विश्वज्योति आवासीय माध्यमिक विद्यालय सम्मानित भएको छ । त्यस्तै कक्षा ५ को स्तरीकृत परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयतर्फ मनकामना आधारभुत विद्यालय तथा संस्थागत विद्यालयतर्फ दिव्य एकेडेमी सम्मानित भएको हो ।

कक्षा ८ को आधारभूत तह उतीर्ण परीक्षामा ४ जिपिए ल्याउने विनिता पाण्डे, पूजा कँडेल, हीमादेवी न्यौपाने, सिद्धान्त न्यौपाने, विशेषता थापा कुमाल, नमूना न्यौपाने, तुल्सीमाया क्षेत्री, सांग्रीला ढकाल, सुलभ ज्ञवाली र सारा सिग्देल सम्मानित भएका थिए । कक्षा ५ को स्तरीकृत परीक्षामा ४ जिपिए ल्याउने तुलसा भुसाल, कृष्ण बास्तोला, निशाना भुसाल सम्मानित भएका हुन् ।

देवचुली नगरपालिकाले आयोजना गरेको प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत माध्यमिक तहतर्फ काष्ठकला प्रतियोगितामा प्रथम हुने मुकेश चौधरी ,द्वितीय हुने खोबहादुर बिक, तृतीय हुने आयुषा बुढाथोकी सम्मानित भएका हुन् । यसै गरि आधारभुत तहतर्फ माटोकला प्रतियोगितामा प्रथम हुने संजिता शाह,द्वितीय हुने सुशील थापामगर, तृतीय हुने बेलमती गाहामगर र अमित सिंजाली सम्मानित भएका हुन् ।

देवचुली नगरपालिकाले आयोजना गरेको नगरस्तरीय अन्तरविद्यालय अतिरिक्त कार्यक्रम अन्तर्गत आधारभूत तह अनुलेखन प्रतियोगितामा प्रथम हुने कुलेन्द्र सारु,द्वितीय हुने तनिशा थापा, तृतीय हुने श्रेया पौडेल सम्मानित भएका हुन् । यसै गरि आधारभूत तह चित्रकला प्रतियोगितामा प्रथम हुने आयुष सुवेदी,द्वितीय हुने निशान भुसाल, तृतीय हुने निर्जरा आले सम्मानित भएका हुन् । आधारभूत तह (६-८) तर्फ वादविवाद प्रतियोगितामा प्रथम हुने प्रकृति न्यौपाने ,द्वितीय हुने विशाल सापकोटा , तृतीय हुने एंजिला अधिकारी र पूजा कँडेल सम्मानित भएका हुन् भने माध्यमिक तह निबन्ध प्रतियोगितामा प्रथम हुने प्रीया पौडेल ,द्वितीय हुने गुराँस लामिछाने , तृतीय हुने आयुष्मा काफ्ले सम्मानित भएका हुन् । सम्मानित हुने विद्यार्थीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्मान कार्यक्रम बोल्दै देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले नगरले शैक्षिक सुधारका लागि विभिन्न योजनाहरु बनाएको र तत्काल लागू हुने गरि कार्य गरिने बताइन् । विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई मर्ज गर्नुपर्ने अवस्था रहेको र त्यसका लागि नगरले अध्ययन गर्ने उनले बताइन् । नगर प्रवक्ता तिलप्रसाद काफ्लेले शिक्षाबाट नै देवचुली परिचित भएकोले नगरको शिक्षा सुधारको लागि हरेक कार्यमा आफ्नो सहयोग रहने बताए । सम्मान कार्यक्रम आयोजना गरि विद्यालय साथै विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने काम गरेकोमा नेपाल नमूना माविका प्रधानाध्यापक शिव देवकोटा, वरचुली माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रदेव तिवारीले धन्यवाद ज्ञापन गरेका थिए ।

देवचुली नगरपालिकाको नगरउप प्रमुख पार्वता तिवारीको अध्यक्षता भएको कार्यक्रममा नगर प्रवक्ता तिलप्रसाद काफ्ले, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक,विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो । देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई शिक्षा शाखाका अधिकृत नन्दलाल ढकालले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट