छड्के २ को सुटिङ साउन अन्तिमबाट, अनमोल खेल्ने पक्का

भरतपुर, १७ असार

झण्डै दशकअघि प्रदर्शनमा आएको नेपाली चलचित्र छड्के त हेर्नुभएकै होला । ग्याङस्टर कमेडी विधाको यो चलचित्रले ठूलो व्यावसायिक सफलता त गरेको थिएन । तर, कथा र मेकिङले राम्रै प्रशंसा पाएको थियो ।

त्यतिबेला देशभरका शहरमा मौलाएको ग्याङस्टर कल्चरलाई यसले देखाएको थियो । ग्याङहरूको टकराव झेल्ने चितवन पनि एउटा शहर थियो । यो चलचित्रले चितवनमा मौलाएको ग्याङको रवाफिलो उपस्थिति, हप्ता असुली, राजनीतिको आडमा गुण्डागर्दी संस्कृतिलाई राम्रोसँग देखाएको थियो । सन् २०१३ मा देखाइएको उक्त फिल्मको अर्को सिरिजको रूपमा छड्के २ अब आउँदै छ ।

चलचित्र निर्देशक निगम श्रेष्ठले छड्के २ लाई फ्लोरमा लैजाने तयारी अन्तिम–अन्तिममा पु¥याएका छन् । यसको पछिल्लो उदाहरण उनले गरेको लोकप्रिय अभिनेता अनमोल केसीसँगको सम्झौता पनि हो । पब्लिक डिमान्डमा अघि रहेका अनमोललाई उनले चलचित्रमा हालै साइन गराएका छन् । “कलाकार छनोट लगभग सकिएको छ”, निर्देशक श्रेष्ठले भने– “अगस्ट मध्य(साउन अन्तिम)बाट हामी सुटिङमा जान्छौँ ।”

निर्भाना स्टुडियोको ब्यानरमा बन्ने चलचित्रका अरू निर्माता को रहने भन्ने अहिले खुलाइएको छैन । तर, ती सबै फाइनल भएको उनले बताए । यो फिल्म छड्केको सिक्वेल हो ? उनी भन्छन्– “यसलाई सिक्वेलभन्दा पनि सिरिज भनौँ न ।” तर, छड्केले जस्तै ग्याङस्टर कमेडी छड्के २ ले भन्ने उनले बताए ।

सुटिङका लागि उनले चितवन र मनाङको लोकेसन छानेका छन् । छड्केमा जस्तै अधिकांश दृश्य छायाँकन भने चितवनमै हुने उनले बताए ।

भारतीय छायाँकारले खिच्ने
छड्के २ मा निगमले छायाँकर भारतबाट झिकाउँदै छन् । चलचित्र छायाँकनको बदलिँदो स्तर भेटाउन भारतबाट सिनेमेटोग्राफर ल्याउन लागिएको उनले बताए । भारतका सिनेमेटोग्राफर सञ्जय सिंहले छड्के २ खिच्ने निगमले बताए ।

चलचित्रका लागि आवश्यक कैयौँ कलाकार उनले अडिसनबाट छानेका छन् । त्यसमा निर्भाना फिल्म स्टुडियोबाट कलाकारिता पढेका सिकेका कलाकारहरू पनि पर्ने छन् । भरतपुर–१२ मा निगमले यो फिल्म प्रशिक्षण केन्द्र चलाएका छन् । त्यसबाट कैयौँ चलचित्रकर्मी निस्किँदै छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट